सिमकोट । झण्डैं दुई दशकपछि नायाँ संरचनाको स्थानीय तहको निर्वाचित जनप्रतिनिधिहरुको पाँच वर्षको कार्यकाल सकिन वर्ष दिन भन्दा थोरै समय बाँकी रहेका बेला देशका प्रमुख राजनीतिक दलहरुले स्थानीय तहमा आप्mना गतिविधिलाई तिब्रता दिएका छन् ।
आउने निर्वाचनमा स्थानीय तहमा आप्mनै वर्चश्व कायम गर्ने धाउन्यका साथ प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले आप्mना राजनीतिक गतिविधिलाई गाउँस्तरमा केन्द्रित गर्न थालेका हुन् ।
आसन्न निर्वाचनमा आप्mनो पार्टीतर्फ मतदातालाई आकर्षित गर्ने ध्येयले ठूला दलहरुले आप्mना सांगठानिक गतिविधिलाई बढवा दिन थालेको सैकेत दिएका छन् । स्थानीय तहमा आप्mनो वर्चस्व बनाएका स्थानीय तहमा दलहरुले आप्mना गाउँ केन्द्रित गतिविधिलाई बढवा दिन थालेको छन् ।
जिल्लाको रानजनीतिक अखडा क्षेत्रका रुपमा चिनिने दक्षिणका स्थानीय तहहरुमा दलहरुले आप्mना गतिविधिलाई केहि समययता तिब्रता दिएका हुन् । जिल्लाका सात वटा स्थानीय तहमध्ये अदानचुलीमा मात्रै एकल रुपमा निर्वाचन हात पारेको एमालेले अदानचुलीमा, ताँजकोटमा निर्वाचन जितेको माओवादी केन्द्रले ताँजकोटमा आप्mनो पार्टीका कार्यक्रमलाई तिब्रता दिएका हुन् ।
पार्टी कार्यालय स्थापनाको नाममा वस्ती छिर्दै एमाले
पार्टी भित्रको आन्तरिक विवादले फूटको संघारमा पुगेको नेकपा एमालेले जिल्लाको अदानचुली गाउँपालिकाबाट आप्mना वस्ती केन्द्रित गतिविधिको थालनि गरेको छ ।
६ वटा वडा भएको अदानचुलीमा वडाका पार्टी कार्यालय स्थापनाको कार्यक्रम मार्फत एमालेले अदानचुलीका सबै वस्तीमा आफ्ना राजनीतिक कार्यक्रम सञ्चालन गर्ने अभियान शुरु गरेको छ । गएको साउन ११ गतेदेखि गाउँकमिटिको निर्णय अनुसार वडा स्तरका पार्टी कार्यालय स्थापना गर्दै एमाले सबै वस्तीमा भएको सन्देश एमालेले अदनाचुलीमा दिन खोजेको हो ।
श्ुरुमा पार्टीका वडा स्तरका कार्यालय भएमा त्यसपछि अन्य सांगठानिक गतिविधि सञ्चालन गर्न सहज हुने भएकाले आफूहरुले वडाका कार्यालय स्थापनालाई पहिलो प्राथमिकता दिन थालेको एमाले अदानचुली गाउँपालिकाका अध्यक्ष बुध भण्डारीले जानकारी दिए ।
अदानचुली–४ को पार्टी कार्यालय उद्घाटनमार्फत अभियान शुरु गरेको एमालेले अहिलेसम्म ४ वडा वडा कार्यालयहरुको उदघटन गरिसकेको छ । गाउँपिालिकाका अध्यक्ष तथा एमाले प्रदेश कमिटि सदस्य दल फडेरा, उपाध्यक्ष तथा प्रदेश कमिटि सदस्य सौमती रावल (ऐडी) लाई सँगै लिएर पालिकाका सबै वस्तीमा एमाले अदानचुलीमा एकढिक्का भएको सन्देश एमालेले अदानचुलीमा दिन खोजेको देखिन्छ । वडा नम्बर ४ को लौठीमा पार्टी कार्यालय स्थापनाबाट आप्mनो पछिल्लो राजनीतिक अभियानको शुरु गरेको एमालेले वडा नम्बर २, ३ मा कार्यालय स्थापना गरिसकेको छ । भने मंगलबार (आज) वडा नम्बर १ कल्खेमा पार्टी कार्यालय स्थापना गरेर आप्mनो सांगठनिक पहुँच हरेक वडामा हरेको भन्दै हस्तक्षपकारी अभियान सञ्चालनको तयारीमा देखिन्छ ।
२०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उपबिजेता भएको माओवादी केन्द्रले पनि एमाले सलवलाएको देखेपछि आप्mना गतिविधिलाई अघि बढाउन थालेको छ । आन्तरिक बैठक र छलफलमा केन्द्य्ति माओवादी केन्द्रले पनि अदानचुलीका युवाहरुको भेला गरेर आफ्नो पार्टी समेत राजनीतिक अभियानका लागि तयार छ भन्ने सन्देश दिएको माओवादी केन्द्रका नेता कर्ण रोकाया ‘सुधार’ले जानकारी दिए ।
फेरी एमालेको कार्यक्रममा जोडिन अदानचुली उपाध्यक्ष ऐडी
पार्टीको केन्द्रिय विवादले पटक–पटक स्थानीय स्तरका पार्टी गतिविधिमा जोडिदैं फेरी असन्तुष्ट हुँदै आएकी एमाले कर्णाली प्रदेश कमिटि सदस्य तथा अदानचुली गाउँपालिका उपाध्यक्ष फेरी एमालेको वडा स्तरिय कार्यक्रममा जोडिएकी छन् ।
पार्टी भित्रको विवाद र गाउँपालिका अध्यक्षसँगको असन्तुष्टिलाई लिएर केहि समय मौन बसेकी उपाध्यक्ष ऐडी सोमबार अदानचुली गाउँपालिका–३ को पार्टी कार्यालय उद्घटना कार्यक्रममा सहभागित बनेर आफू पार्टीको संस्थापन पक्षमै रहको सन्देश दिएकी हुन् । कार्यक्रमलाई संवोभन गर्नेक्रममा बोलेको भाषाले पनि उपाध्यक्ष ऐडीले आफूलाई प्रष्ट रुपमा पार्टीको संस्थापन पक्षमै रहेको स्पष्टीकरण दिएकी छन् ।
‘पार्टी केन्द्रका नेताहरुका कारण केन्द्रमा विवाद भएपनि अदानचुलीमा एमाले एक ढिक्का छ’ कार्यक्रममा उपाध्यक्ष ऐडीले भनिन् अब अदानचुलीलाई एमालेमय बनाउन हामी सबै एक भएर लाग्छौं ।’
ताँजकोटमा महिलाको भेलाबाट भित्रियो माओवादी
गाउँपालिकामा अन्य पार्टीलाई निकै निरिह पारेर लैजान खोजेको माओवादी केन्द्रले जिल्लाभरका महिलाहरु संगठनका नेताहरुको सहभागितामा पालिका स्तरको अखिल नेपाल महिला संक (क्रान्तिकारी) को भेलाको आयोजना गरेर आप्mनो पालिका केन््िरत गतिविधिको औपचारि शुरुवात गरेको सन्देश दिएको हो ।
पार्टीको जिल्ला अध्यक्ष समेत रहेको पालिका भएकाले जिल्ला स्तरकै कार्यक्रम राखेर पालिका केन्द्रित गतिविधिको शुरुवता माअोवादीले ताँजकोट बाटै गरेको माओवादी केन्द्र ताँजकोटका एक नेताले जानकारी दिए । गएको स्थानीय तहमा एमाले र कांग्रेसले मिल्दापनि निर्वाचन हात पारेको माओवालदी केन्द्र अहिले एमाले भित्रको विवादले ठूलो संख्याका नेता र कार्यकर्ता ताँजकोटमा आफू भित्र समाहित भएकाले पनि गाउँपालिकामा अन्य बीचार समुहलाई नगन्या रुपमै हेरेको देन्खिछ ।
गाउँपालिकाका अध्यक्ष बागदल मल्ल, उपाध्यक्ष मञ्जु बुढा सहितका पदाधिकारीको टोलीले पालिकाका पाँचै वडामा आन्तरिक बैठक तथा छलफल गरेको माअोवादीले अब जिल्लाका सबै स्थानीय तहमा आसन्न निर्वाचन केन्द्रित गतिविधि सञ्चालन गर्ने योजनामा रहेकाले उक्त सन्देश ताँजकोट बाटै दिन महिला र किसानको भेला आयोजना गरेको हो । पार्टीका दक्षिण क्षेत्रका कार्यक्रममा जनशक्ति र अन्य स्रोतको व्यवस्थापन गर्ने केन्द्रका रुपमा समेत ताँजकोटलाई उपयोग गर्ने रणनीतिमा रहेको माओवादी ताँजकोटबाट राजनीतिह अभियान शुरु गरेको सन्देश अन्य पालिकार्लाइ समेत दिन चाहन्छ ।
अधिवेशनमै अल्मलियो कांग्रेस
पटक–पटक मिति तय हुँदै स्थगित भएको नेपाली कांग्रेसको महाधिवेशनले सांगठनिक गतिविधि सचालनमा अल्मल्याएको देखिन्छ ।
स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रको अधिवेशनमा प्रष्ट दुई खेमामा विभाजितनेपाली कांग्रेसले अधिवेशनकै आन्तरिक काममा आ–आप्mनै खेमामा विभाजित भएर लागेको हो । पुर्व निर्धारित पार्टी अधिवेशनको मिति अनुसार जिल्लाका वडा, पालिका स्तरमा आन्तरिक छलफल र प्रतिनिधि छनोटको पुर्वतयारीमा लागेपछि केन्द्रले फेरी पार्टीको महाधिवेशन तालिकामा हेरफेर गरेपछि पार्टी पंतिमा थप अन्योल सृजना भएको नेपालस् कांग्रेस जिल्ला कार्यसमिति सचिव मोहनविक्रम सिंहले बताए ।
‘अहिले हामी आन्तरिक कामको अल्झनमै रुमालिएका छौं’ पार्टी सचिव ििसंहले भने, ‘आसन्न स्थानीय तहको निर्वाचन केन्द्र राजनीतिक अभियान सञ्चालन गर्नु पर्ने समयमा पार्टीको अधिवेशनका कारण केहि अलमल जस्तो देखिएको भएपनि अब केन्द्र पार्टीको निर्णय अनुसार हाम्रा कार्यक्रमपनि निकट भविष्यमै शुरुवता गछौं ।’
जिल्ला भरका स्थानीय तह र ४४ वटै वडामा पार्टी संगठनलाई निकै सक्रिया बनाएको दावी गरेका सचिव सिंहले पार्टी अधिवेशन नहुने भएपछि अधिवेशनको तयारीमा लागेको पार्टी पंक्तिलाई निर्वाचन केन्द्रित अभियानमा रुपान्तरण गर्न कुनै समस्या छैन् । तर अधिवेशनका कपार्टीको अन्य गतिविधिमा समेत केही अलमल भएको स्विकारे ।