काठमाडौं । नेकपाकोविघटन पछि हस्ताक्षपकारी रुपमा गाउँ प्रवेश गरेको माओवादी केन्द्रले हुम्लाका गाउँ–गाउँमा आप्mनो युवा दस्ता योङ कम्युनिस्ट लिक (वाइसिएल) ब्युँताउन शुरु गरेको छ।
पर्टीको तफबाट एकल रुपमा बहुमत पदाधिकारी जितेको ताँजकोट बाट शुरु गरेको वाइसिएल गठन अभियानलाई अदानचुली पु¥याएको हो । आसन्न स्थानीय तहको निर्वाचन र गाउँमा मतदातालाई जनयुद्धको स्मरण गराउँदै माओवादीले युवादस्ता वाइसिएल ब्युँत्याएको हो ।
अदानचुलीको सत्तारुढ दल नेकपा एमालेले शुरु गरेको वडा स्तरका पार्टी कार्यालय स्थापनाको कामलाई जाी राखेकै बेला मोओवादी केन्द्रले एक कार्यक्रमका बीच वाइसिएल गठन कार्यलाई तिब्रता दिएको हो ।
अदानचुली–२ को वडा कार्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्रले मिमबहादुर रोकायाको संयोजकत्वमा गाउँपालिका स्तरीय वाईसिएल गठन गरेको हो । बिहिबार ताँजकोट गाउँपालिका स्तरिय कमिटि गठन थरेको माअोवादीले एकै ड्रेस सहित स्थानीयमा जनयुद्धको झल्को दिने गरेर वाइसिएलको गठन गरेको छ ।
तत्कालिन माओवादीले सञ्चालन गरेको दशवर्षे शसस्त्र युद्धको झल्को दिदैं अदानचुली–२ को वडा कार्यालयबाट सामुहिक मार्च सहित वाइसिएलको टोलीलाई मोअवादी केन्द्रका जिल्ला अध्यक्ष लालकेश जैशीले पद तथा गोपनियताको सपथ खुवाएको वाइसिएल अदानचुलीका संयोजक मिमबहादुर रोकायाले जानकारी दिए ।
सपथग्रहण कार्यक्रमलाई संवोधन गर्दै माअोवादी अध्यक्ष जैसीले आफ्नो पार्टी रोल्पा देखि छिमेकी मुलुक भारतमा भएको समायोजन सँगै देशमा आएको परिवर्तनको प्रमुख शक्ती भएका दावी गर्दै पछिल्लो समय प्राप्त संघियता पछिका सबै समावेसी, समानुपातिक प्रर्णाली, गणतन्त्र र धर्मनिरपेक्षताको मुद्धालाई स्थापीत गरेको बताए ।
लामो समयदेखि संगठन विस्तार र कार्यकर्तामा उत्साह भर्ने काम नभएको समयमा यस्ता कार्यक्रमले क्रान्तिकारी विचारधारा बोकेका कार्यकर्तालाई गोलवद्ध गर्न मद्दत पुग्ने उनको भनाई थियो । परिवर्तनको बहाक शक्ति माअोवादीले संगठन बिस्तार र निर्माणको कामलाई अघि बढाएको उल्लेख गरेको अध्यक्ष जैशीले हरेक जनवर्गिय संगठनलाई ब्यूँताउने क्रममा वाएसिएलको गठन गर्ने कार्यलाई जिल्ला भर लैजाने खुलासा गरे ।
माओवादीले आइतबार (आज) आयोजित कार्यक्रमबाट ७५ सदस्यीय पार्टीको गाउँ कमिटि र ७५ सदस्यीय युवा संगठन वाइसिएल गठन गरेको जनाएको छ ।
कार्यक्रममा जनपृय आधारभुत विद्यालयका शिक्षक राजबहादुर बुमी सहित १२ जनाले विभिन्न पार्टी परित्याक गरेर माअोवादीमा प्रवेश गरेको बताइएको छ ।
अन्य पार्टी परित्याक गर्नेमा नेपालि कंग्रेसबाट अदानचुली–४ बिगोठीका शिक्षक राजबहादुर बुमी, अदानचुली २ का कल बुढा र धिरेन्द्र बुढा रहेका छन् । त्यसैगरी नेकपा एमालेबाट अदानचुली–४ का धालाल जैसी, खगेन्द्र बुमी, धुर्व बुमी, कुलदेब जैसी, धनी जैसी र हरीकृष्ण जैसी रहेको अध्यक्ष जैसीले जानकारी दिए । त्यसैगरी अदानचुली–३ का सौरी रोकाया वडा नम्बर २ का गोर्ख बुढा र सुवास बोगटी रहेको बताइएको छ ।
अदानचुलीको कार्यक्रममा माओवादी जिल्ला अध्यक्ष जैसी, सचिवालय सदस्य तथा हुम्ला जिल्ला क्षेत्र (क) का सचिव दलु फडेरा, सचिवालय सदस्य तथा गाउँ कमिटि इन्चार्ज कर्ण रोकाया ‘सुधार’, गाउँ कमिटि अध्यक्ष हरीदल पुन लगायतको उपस्थिति रहेको गाउँ कमिटिका इन्चार्ज कर्ण रोकाया सुधारले बताए ।
हेर्नुहोस्फो,टोमा माओवादी कार्यक्रम