सुर्खेत । अखिल नेपाल किसान महासंघले देशभर पचास लाख हस्ताक्षर संकलन गर्ने भएको छ ।
वर्तमान देउवा नेतृत्वको वर्तमान सरकारले आयोग विघटन गरेको किरोधमा देशभरका भूमिकहिन किसानर सुकुम्वासीहरुका तर्फबाट उक्त हस्ताक्षर संकलन गर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले बताए ।
महासंघको कर्णाली प्रदेश समन्वय कमिटिको बैठकलाई भर्चुअल रुपमा संवोधन गर्दै अध्यक्ष दंगालले युगौदेखिका भूमिहिन, सुकुम्वासीलाई जग्गाधनीको लालपूर्जा वितरणको काम शुरु गरेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वका कामबाट अतालिएको सरकारले गरेको आयोगको विघटनका विरुद्धमा देशभरका भूमिहिन, सुकुम्वासी र किसानहरुलाई गोलबन्द बनाउनु पर्नेमा जोड दिए ।
‘आयोग विघटनको विरुद्धमा देशभरका भूमिहिन, सुकुम्वासी र किसान असन्तुष्ट छन् भन्ने जानकारी सरकारलाई औपचारिक रुपमा गराउन हामीले पहिलो चरणमा पचास लाख हस्ताक्षर संकलनको कामलाई अघि बढाउँदै छौं’ अध्यक्ष दंगालले भने, ‘यस काममा देशका सातवटै प्रदेशका महासंघका कमिटिमा सुकुम्वासी, किसान र भूमिहिनलाई गोलबन्द बनाउनु पर्छ ।’
महासंघ कर्णाली प्रदेशका सहइन्चाज सुर्यबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा कर्णाली प्रदेशबाट एक लाख पचस हजार हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने निर्णय गरिएको छ । कर्णालीका दशवटै जिल्लाबाट सरकारले आायेग विघटन गरेको विरुद्धमा हस्ताक्षर संकलन गरिने सहइन्चाज शाहीले बताए ।
पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र हस्तान्तरणको काम सकिएको उल्लेख गरेका महासंघ संगठन विभाग प्रमुख खडकबहादुर खड्काले दोस्रा चरणका जिल्ला र स्थानीय तहमा महासंघको आयोजना बिरोध कार्यक्रमको आयोजना गर्ने र हस्ताक्षर संकलनको कामलाई सँगै अघि बढाउने काम गरिने छ ।
स्थानीय तह र जिल्लामा किसान फोर्स
अखिल नेपाल किसान महासंघले सरकारका किसान र भूमिहिन विरोधी गतिवधिका विरुद्धमा लाग्न स्थानीय तह र जिल्ला स्तरमा किसान फोर्स गठन गर्ने भएको छ ।
हरेक समयका सरकारले किसान र भूमिहिनका नामा चर्का भाषणा र ठूलो निित तथा कार्यक्रमका नाम लिएपनि त्यसको लाभ लिनेक्रममा गैर किसान र भूमाफियाहरुकै हातमा जाने भएकाले वास्तविक किसानमैत्री कार्यक्रम र नीति निर्माण गर्न किसान फोर्स गठन गर्न लागेको हो ।
किसान फोर्समा स्थानीय तहदेखि जिल्ला स्तरका कमिटिमा नअटेका भूमिहिन, सुकुम्वासी र किसान वर्गलाई समाहित गर्न महासंघले किसान फोर्सको अवधारणा अघि सारेको छ’ महासंघका केन्द्रका कार्यालय सचिव तथा स्थायीकमिटि सदस्य सरिता भुषालले भनिन्, ‘किसानका हित विपरिता हुने तीनै तहका कार्यक्रमलाई वास्तविक किसानको पक्षमा गराउन पनि योफोर्स केन्द्रित हुनेछ ।’
सरकारले विघटन गरेको अयोगलाई निरन्तरता दिने र महास्.घका आन्तरिक कामका बारेमा देशका सातवटै प्रदेशमा समन्वय समितिका बैठक भर्चुअल रुपमा सम्पन्न गरेको आखिल नेपाल किसान महासंघले जनाएको छ ।