सर्केघार्ड (हुम्ला) । नेपाली कांग्रेस प्रदेश निर्वाचन क्षेत्र नं ‘क’ को पुर्ण बैठक आजदेखि जिल्लाको सर्केघाडमा शुरु हुने भएको छ ।
पटक–पटक स्थगित हुँदै आएको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म आयोजना गर्ने निर्णय भएपछि पहिलो पटक नेपाली कांग्रेस हुम्लाले चौथो पूर्ण बैठकका रुपमा प्रदेश निर्वाचन क्षेत्र ‘क’ को बैठकको आयोजना गर्न लागेको हो ।
जिल्लाको मध्ये क्षेत्रका रुपमा रहेको सर्केघाडमा आयोजना हुन लागेको बैठकमा नेपाली कांग्रेसका पार्टी सभापति जयपति रोकाया, जिल्ला कार्यसमितिका सचिव शाही, भातृ तथा भगेनी संगठनका पदाधिकारीहरु बैठकका लागि सर्केघार्ड पुग्नुका साथै बैठकको सबै तयारी पुरा भएको प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सभापति तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति हुम्लाका सचिव मोहनविक्रम सिंहले जानकारी दिए ।
बैठकका लागि निर्वाचन क्षेत्र ‘क’ मातहतका वडाका सभापति, सचिव, गाउँपालका कमिटिका सभापति, सचिव, यस क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने भातृ तथा भगेनी संठगनका पदाधिकारीहरु सबै उपस्थित भैसकेको बताएका सभापति सिंहले बैठकमा पार्टीका अधिवेशन र आसन्न निर्वाचनका विषयमा छलफल हुने बताए ।
‘मूलतः बैठक पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषयवस्तुहरुका बारेमा छलफल गर्न आयोजना गरिएको हो’ उनले नेपालवोटसँग भने, ‘तर पार्टीको वडा देखि जिल्लसम्मका अधिवेशनबाट निर्वाचित हुने नेतृत्व र आसन्न स्थानीय तहको निर्वाचनका विषयलेपनि प्रवेश पाउने देखिन्छ ।’
आज एक दिनका लागि भनेर बोलाइएको बैठक छलफलका विषय नटुंगिएको खण्डमा भोली सोमबार) सम्म जान सक्ने बताइएको छ । प्रदेश निर्वाचन क्षेत्र नं.‘क’ का अधिकांश वस्तीमा आप्mनो अभियान सम्पन्न गरेर आएको नेपाली कांग्रेसले बैठकमा पार्टीको नयाँ नेतृत्व र आगामी स्थानीय तह, प्रदेश संघिय निर्वाचनका सन्दर्भमा समेत स्थलगत रिर्पोटिङ गर्ने स्रोतले जनाएको छ ।