सर्केघाड (हुम्ला) । वडा स्तरसम्म पार्टीको अभियान सञ्चालन गर्ने निर्णय गर्दै नेपाली कंग्रेसको सर्केघाड बैठक सम्पन्न भएको छ ।
आसन्न चौधो महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा अघि बढाउने र पार्टीका आन्तरिक संगठनका काम अघि बढाउने निर्णय भएको नेपाली कांग्रेस प्रदेश‘क’ का सभापति मोहनविक्रम सिंहले जानकारी दिए ।
‘प्रदेश निर्वाचन क्षेत्र ‘क’ मातहतका स्थानीय तहक विकासे बजेट आ–आप्mना कार्यकर्तालाई केन्द्रित गर्ने काम भएकोमा त्यसको बिरोध गर्दै पार्टीका गतिविधिलाई वडा स्तरमा लैजाने निर्णय भएको छ’, सिंहले नेपालवोटसँग भने, ‘पटक–पटक स्थगित हुँदै फेरी मिति तय भएको पार्टीको आसन्न जिल्ला अधिवेशनका कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न बैठकमा गहन छलफल भएको छ ।’
प्रदेश निर्वाचन क्षेत्रका चारवटै स्थानीय तहमा जुन पार्टीका जनप्रतिनिधिले निर्वाचन जितेका छन्, उनिहरुकै कार्यकर्ताको नियन्त्रणमा रहने गरेर सेवा सुविधा वितरण गर्ने काम भएको निष्कर्ष निकालेको बैठकले राम्रो काम गरेका स्थानीय तहलाई धन्यवाद र नराम्रो गरेका स्थानीय तहका गतिविधिका बारेमा त्यसका नियमनकारी निकायमा पु¥याउने काम गर्ने निर्णय गरेको छ ।
बैठकपछि सामान्य प्रतिक्रिया दिदैं नेपाली कांग्रेसका जिल्ला सभापति जयपति रोकायाले अबको जिल्ला अधिवेशन र केन्द्रिय महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा अघि बढाउन सर्केघाड बैठक केन्द्रित रहेको जानकारी दिए ।
बैठकमा जिल्ला कार्य समिति सचिव मानदेब शाही, महाधिवेशन प्रतिनिधि रामबहादुर टमटा लगायत जिल्ला कार्य समितिका सदस्य,गाउँ कार्य समितिका सभापति र सचिहरु, वडा कार्य समितिका सभापति र सचिव र पाटीसँग सम्बन्धीत भातृ तथा भगेनी संघ संगठनका पदाधिकारीहरुको सहभागिता रहेको नेपाली कांग्रेसले जनाएको छ ।
चौधौं महाधिवेशन सँगै जिल्ला अधिवेशन नजिकिदै गर्दा नेतृत्वका लागि आकांक्षीहरुले जिल्लाका गाउँ र वडाको दौडाहा शुरु गरिरहेकै बेला आयोजना गरिएको कांग्रेसको बैठकले आ–आप्mना पक्षमा कार्यकर्तालाई लविङ गराउने काम थप पेचिलो बन्दै गएको संकेत गरेको छ ।