सिमकोट । नेकपा एमाले हुम्लाको जिल्ला कमिटि बैठक भदौ १३ गतेका लागि बोलाइएको छ ।
पार्टी भित्रको आन्तरिक विवादे चरम रुप लिएर फुटको अवस्थामा पुगेका बेला एमाले हुम्लाका अध्यक्ष दल रावलले जिल्ला कमिटिको बैठक भदौ १३ गतेका लागि बोलाएका हुन् ।
लिखित रुपमा जिल्लाका सबै पदाधिकारी र जिल्ला कमिटि सदस्यहरुलाई संवोधन गरी लेखिएको निमन्त्रणा पत्र सामाजिक सञ्जाल (फेसवुक) मा पोष्ट गर्दै एमाले हुम्लाका अध्यक्ष रावलले एमाले एकता कार्यदलले तय गरेका दश बुदें सहमतीका आधारमा बैठक बस्न लागेको उल्लेख गरेका छन् ।

‘एमालेको आन्तरिक जीवनमा असहज र अन्तरबिरोध देखिएका छन्’ पत्रमा रावलले लेखेका छन्, ‘यस खालको अन्तरबिरोधलाई हल गरि पार्टीलाई एकतावद्ध र थप सुदृढ गर्नका लागि एकता कार्यदलले तयार पारि स्थायी कमिटि, केन्द्रिय कमिटि, कर्णाली प्रदेश कमिटिले अपनत्व गरिसकेका दश बुदालाई अक्षरस कार्यान्वयन हुने गरि एमाले हुम्ला जिल्ला कमिटिको बैठक बोइलाएको हो ।’
जिल्लाबाट कर्णाली प्रदेश कमिटिमा प्रतिनिधित्व गर्ने प्रदेश कमिटि सदस्यलाई समेत बोलाइएको पत्रमा चनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनु पुर्व (२०७६ साल जेठ २ गते)को जिल्ला कमिटि, नेकपाको अवधीमा थप गरिएका सम्पूर्ण पदाधिकारी र सदस्यलाई बैठकमा उपीसथत हुन आग्रह गर्दछु ।
नेपाल पक्षले वहिष्कार गर्ने
एमाले अध्यक्ष रावलले बोलाएको जिल्ला कमिटिको बैठकलाई माधव नेपाल पक्षले वहिष्कार गर्ने भएको छ ।सामाजिक सञ्जाल (फेसवुक) मा आप्mनो धारणा सार्वजनिक गर्दै नेपाल पक्षमा लागेका पार्टी जिल्ला सचिव तिर्थराज रोकायाले भदौं १३ गते बोलाइएको बैठकमा आफूहरु सहभागि नहुने संकेत गरेका छन् ।

‘नेकपा एमालेमा विकसित परिवेसमा एकताका लागि प्रस्ताव गरियका १० बँुदा अक्षरस कार्यन्वयन गर्ने भनी कर्णाली प्रदेश कमिटिमा निणर्ण भए अनुसार २०७५ जेष्ठ २ गते अगाडिको हुम्ला जिल्ला कमिटि बैठक यहि भदौं १३ गते बस्ने भनी समाजिक सञ्जाल मार्फत भएको पत्राचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ जिल्ला कमिटि बैठक आब्हानप्रति प्रश्न गर्दै सचिव रोकायाले लेखेका छन्, ‘आत्मै देखि पार्टी एकता चाहेको हो भने सर्वप्रथम जिल्ला कमिटिको बैठक बसी पार्टीका गतिविधि अगाडि बडाउन निर्देशन दिने प्रदेश कमिटी २०७५ जेष्ठ २ को होकि हैन एकिन हुन जरुरी छ । यदि जेठ २ गतेलाई अधार मानेर बैठक बसेको हो भने क. युवराज ज्ञावलीको अध्यक्षतामा बैठक किन भएन ? प्रकाश ज्वाला अमर बहादुर थापा चन्द्रबहादुर शाही कुर्मराज शाही, देबिलाल थापा, हंसबहादुर शाही, लोकबहादुर हमाल, शिवराज शर्मा, हस्तबहादुर शाहीलयतका तमाम प्रदेश कमिटिका सदश्य कामरेडहरुलाई किन बोलाईएन ? यस्ता घेरै प्रश्नको जवाफको खोजि गर्न जरुरी देखिन्छ ।’
केन्द्रदेखि प्रदेश हुँदै सबै तहमा १० बुदें कार्यनयन गर्ने भनि भ्रम फैलाउने तर व्यवहारिक रुपमा कार्यान्वयन पक्षमा बिभाजनकारी कार्ययोजना लागू गर्ने भन्दै एमाले संस्थापन पक्षलाई आरोप लगाएका रोकायाले आप्mनो (माधव नेपाल) पक्ष बैठकमा नआउने संकेत गरेका छन् ।
रोकाया सहित एमाले प्रदेश कमिटि सदस्य लोक बहादुर हमाल, शिवराज शर्मा, कलबहादुर हमाल, हस्तबहादुर शाही र हुम्लाका उप–सचिव पुर्णप्रसाद ढकालको नाम समेत उल्लेख गरिएको उक्त असमतीमा नयाँ पार्टीको दर्ता प्रक्रिया सकिए लगत्तै जिल्ला भेला गरेर फरक ढंगले अघि बढ्ने भएकाले १३ गतेको बैठकमा सहभागि नहुन आफू पक्षिय प्रदेश कमिटि र जिल्ला कमिटिका दिाधिकारीलाई आग्रह गरिएको छ ।