हुम्ला । कर्णाली प्रदेश सरकारका पुर्वसामाजिक विकास मन्त्री दल रावलले आप्mनै पहलबाट गाउँ पठाएको बजेटले एमाले पार्टी सकाउने खेल गरेको गुनाशो गरेको छन् ।
हुम्लाको ताँजकोट गाउँपालिकाबाट शुरु भएको एमाले कार्यकर्ता भेलालाई संवोधन गर्दै एमाले अध्यक्ष समेत रहेका पुर्वमन्त्री रावलले ताँजकोटको छप्रेलामा यस्तो बताएका हुन् ।
तत्कालि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको बेला प्रदेश सरकारको तर्फबाट ताँज्कोटका थुप्रै योजनामा रकम विनियोजन गर्न सहयोग गरेको उल्लेख गरेका रावलले ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लप्रतिसंकेत गर्दै एमालेको मन्त्रीले दिएको बजेटले एमाले सकाउने कामले निकै अन्याय भएको प्रतित्रिया दिए ।
एमाले विभाजन पश्चात पहिलो पटक गाउँ प्रवेश गरेका पुर्व सामाजीक विकास मन्त्री दल रावलले आफु सामाजीक विकास मन्त्री हुँदै गर्दाताँजाकोट गाउँपालिका अन्तरगत कवाडी मैला हुँदैमा मदना खौलाको अन्तर प्रदेशीय सडक, पुइमा सिरुपाटा सडक, कवाडी जिमाना काँडागाउँ सडक विनियोजन गरेको भएपनि गाउँमा आफूले मात्रै गरेको भन्दै नकरात्मक भ्रम सृजना गर्ने काम निकै खेद व्यक्त गरे ।
'मैले पठाएको रकमले मैरै पार्टीलाई सकाउने काम गर्ने ताँजकोट गाउँपालिका सरकारको काम निकै खेदजनक छ, आक्रोसित हुदैं रावलले भने, 'ताँजकोटको योजना विनियोजन गर्दा मैले गरेको कुरालाई गाउँमा अर्कै तरिकाले भन्नेहरु आउनुहोस् मन्दिरको माडुमा जाउँ ।'
अत्याधीक रुपमा बजेटको पहल गरे पनि उक्त पैसाले ताँजाकोटको स्थानीय सरकारले ऐमाले सकाउने काम गरेको भन्दै आप्पत्ति जनाए ।
उत्तरका लागि जति नेपाली कंग्रेशले सुन्छ दक्षिण कंग्रेशले सुन्दैन दषिणमा हेर्ने दक्षिणी जनतालाई माया गर्ने पाटी एमालेनै भएकाले सबै कार्यक्रतालाई एमालेमा गोलबन्ध हुँन आग्रह गर्दै जिल्ला पाटी अध्यक्ष समेत रहेका पुर्व मन्त्री रावलले मनमोहनले सुरु गरेको भत्ता केपी ओली सरकारले ४ हजार पुर्याएको सामाजीक सुरक्षा भत्ता आफ्नो पाटीमा प्रबेश नगरे भत्ता नदिने भन्दै झुट्टा प्रचार गरेको प्रति असन्तुष्ट व्यक्त गरे ।
उनले भने गाउँपालिकाको बजेटलाई दोहन गरेर तपाई किन राता लुगा लगाएर जनतालाई तर्साउनु हुँन्छ कोही तर्सिदैन यो लोकतन्त्र हो यस्तो कुरा छोड्नुस् बरु ति बुढा बुवा आमालाई एक जकेट दिनुको सट्टा, युवाहरुलाई रोजगार दिनुको सट्टा सरकारी बजेट दुरुपयोग गरेर ति युवाहरुलाई पढ्नबाट भट्काएर राता लुगा किन दिनु हुँन्छ भन्दै ताँजाकोटको स्थानीय सरकारलाई प्रश्न गरे ।