असोज २४ हुम्ला । कर्णाली प्रदेश सरकारले हुम्लाको ताँजकोट गाउँपालिकामा गएको वर्ष बाढीले भत्काएका घरहरु मुख्यमन्त्री द्धारा आइतबार हस्तान्त्रण गरिएको छ ।
कर्णाली प्रदेश सरकार द्धारा निमार्ण भएका १ सय ५० घरहरु आइतबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहति नेकपा माओबादी केन्द्र हुम्लाका ईन्चार्ज बिजय भण्डारी,जिल्ला अध्यक्ष लालकेश जैसी गाउँपालिकाका अध्यक्ष बागदल मल्ल हेलीकप्टर मार्फत गाउँपालिकामा आएर हस्तान्त्रण गर्नु भएको हो ।
गएको वर्ष २०७७ सालको साउन महिनामा आएको अबिरल वर्षाको कारण आएको बाढी ताजाँजाकोट गाउँपालिकामा करिब ३ सय ८० घरहरु भत्काएको थियो । बाढीले सबै घर बगाए पछि त्रिपाल भित्र बसी रहेको अबस्थामा कर्णाली प्रदेश सरकारको टोली हेलीकप्टर मार्फत अनुगमन गरी बाढीले बगाएका सबै घरहरु प्रदेश सरकारले निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
बजेट अपुगका कारण यस आर्थिक वर्षमा १ सय ५० घरहरु मात्र बनाउन सकेको र बाँकी घरहरु यसै आर्थिक वर्षमा बनाइ सक्ने प्रतिबद्धता समेत मुख्यमन्त्री शाहीले जनाउनु भयो ।
घर हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले भने “ताँजाकोटको बिकासको लागि कर्णाली प्रदेश सरकारले शिक्षा स्वास्थ्य खानेपानीलाई प्रथामिकता दिने,यसै बर्ष सबै गाउँहरुमा सडक पुर्याउनको लागि उचित बजेको ब्यबस्था गर्ने,महीला सहकारीमा बजेटको ब्यबस्था गर्ने र छोरी खातालाई प्राथामिकता दिने प्रतिबद्धता ब्यक्त गर्दछु” ।
प्रति घर बनाउन प्रदेश सरकारले ५ लाखका दरले दिए पनि अहिले सम्म घर बनाएका छैनन् तर पनि घर सम्पन्न नगर्दै घर हस्तान्त्रण कार्यक्रम मार्फत हस्तान्त्रण गरेको छ ।
औपचारिक रुपमा घर हस्तान्त्रण गरे पनि घर नबनाउन्जेल सम्मको लागि रकम भुक्तानी गर्न नमिल्ने भन्दै घर निमार्ण नएकाको खाता रोक्का गरेको ताँजाकोट गाउँपालिकाका प्रबक्ता समेत रहेका वडा नम्बर ४ का वडा अध्यक्ष धनलाल जैसीले बताए ।
तर ताँजकोट गाउँपालिकाका स्थानीय नागरीकले भने जसको घर भत्कीएको छ उसले नपाएको तर घरै नभत्कीएकाले पैसा पाएको भन्दै गाउँपालिकालाई पटक पटक जानकारी गराएको बताएका छन् स्थानीय नागरीकले केही समय अघि जिल्ला प्रशासन कार्यालयमा निबेदन समेत पेस गरेका छन् तर प ित्यसको कुनै सुनुवाई नभएको बताएका छन् । तर ताजाँकोट गाउँपालिकाले भने कोही कसैलाई पक्षपात नगरी बास्तबीक क्षेती भएकाको प्रहरी मुचुल्काको आधारमा नै हामीले सिफारीस गरेको बताएको छ ।
त्रिपाल भित्र दन बिताएका नागरीकहरु भने आज देखी औपचारीक रुपमा घर गएका छन् ।