राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सडक निर्माणको अवस्था बुझ्न संसदको विकास तथा प्रविधि समितिको टोली हुम्ला आई पुगेको छ । समितिकी सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा आएको टोलिलाई हुम्ला जिल्लाका सात दलको तर्फबाट मागपत्र समेत बुझाएको हो । कर्णाली करिडोरको हुम्ला खण्डमा निर्माण कार्य भइरहेको भए पनि सदरमुकाम सिमकोट सडक सञ्जालले छुन अझै दुई वर्ष लाग्न सकिने हुम्ली नागरिकले आंकलन गरेका छन् ।
जिल्लाको निर्माण भई रहेको सडकको निर्माण कार्यको अवस्था अनुगमन गर्न टोली हुम्ला आई पुगेको हो । करिडोरको हुम्ला खण्डमा नेपाली सेना र हिल्सा सिमकोट सडक आयोजनाले काम गर्दै आएको हिल्सा सडक आयोजनाका प्रमुख विसुन्दास लामाले बताए । प्रमुख लामाका अनुसार अधिकांस ट्रयाकमा ठूला ठूला चट्टान भएकोले निर्माण कार्यमा ढीलाई, व्लास्टींग मेटेरियल ल्याउने प्रकृयामा धेरै समय लाग्ने, उत्तरी नाका हिल्सा कोभिड १९ को काराण बन्द रहेकोले निर्माण सामग्री ल्याउन कठिनाई, उत्तर तर्फ मंसिरदेखि चैतसम्म हिउँ पर्नाले निर्माण कार्य बन्द रहेको, जलबायु परिवर्तनसंगै व्यमौषमी वर्षा हिमपातले सडक अवरुद्ध भएको सिमकोट बजार क्षेत्रमा ५ किलोमिटर यलाइन्टमेण्ट विवाद र क्षेतीपुर्ति मुअव्जा माग भई निर्माण कार्य अवरुद्ध भएका समस्या सो टोलिलाई दर्शाए ।
जिल्लाका विभिन्न समस्यालाई समेट्दै हुम्लाका सम्पुर्ण राजनितिक दलको तर्फबाट पनि मागपत्र पेस गरेका छन् । उक्त माग पत्र पेश गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावलले जिल्लामा भएका विभिन्न समस्यालाई तत्काल समधान गर्ने अनुरोध गर्नु गरेका हुन् । निर्माण व्यवसायीलाई छिटो काम गर्ने बातावरण शृजना गरि निर्देशन गर्नु पर्ने, कर्णाली करिडोर यहि आर्थिक वर्ष भित्र प्रभावकारी रुपमा कार्यन्वयन गर्नु पर्ने, निर्माण हुन बाँकी पुलहरुको ठेक्का हुनु पर्ने, जस्ता माग सो पत्रमा उल्लेख गरिएको छ ।
हुम्लामा भरखरै मात्रै आएका समस्या मध्ये खाद्यान्न, विधुत, स्वास्थ्य, हवाई, र बाढी पहिरोबाट पीडित भएकाहरुलाई तत्काल सहयोगका लागि समेत अनुरोध गरिएको थिए । सात दलको माग अनुसार आफुले केन्द्रमा पहल गर्ने आश्वासन विकास बोर्डका सभापति खड्काले दिए । सो टोलि हुम्लाको हिल्सा पुगेर आजै जिल्ला बाहिर फिर्ता भएको छ ।