अदानचुली (हुम्ला) । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले हुम्लाका बाढी पहिरो पिडितसँग प्रदेश सरकारको टिम ल्याएर छिट्टै आउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ खाएको पाँचौ दिनैमै गृह जिल्लाका बाढी पहिरो पिडितहरुको अवस्थाको स्थलगत अनुगमनका क्रममा गएका मुख्यमन्त्री शाहीले यस्तो प्रतिवद्धता व्यक्त गरेका छन् ।
आइतबार सानो हेलिकोप्टरबाट हुम्ला सदरमुकाम सिमकोट पुगेको मुख्यमन्त्री शाहीले सोमबार अदानचुली पुगेर त्यहाँका नागरिकलाई सरकारले पुर्णता पाए लगत्तै अन्य मन्त्री र अधिकारीको टोली ल्याएर आउने बाचा गरे ।
“अहिले म मुख्यमन्त्री, मन्त्री सबै एक्लै भएर आएको छु”, शाहीले स्थानीय नागरिकलाई संवोधन गर्दै भने, “मेरो नेतृत्वको प्रदेश सरकारले पुर्णता पाए लगत्तै तपाईहरुको पिडालाई कम गर्न छिट्टै टोली ल्याएर फेरी आउने छु ।”
गत वर्षको वर्षा सँगै गएको बाढी पहिरोका कारण घरबार बिहिन भएका ताँजकोटका नागरिकलाई वस्ती व्यवस्थापन गर्न प्रदेश सरकारले केहि सहयोग गरेको भएपनि अदानचुली लगाएत जिल्लाका अन्य स्थानका नागरिकलाई उचित संवोधन हुन नसकेको प्रति संकेत गरेका मुख्यमन्त्री शाहीले यो समयमा प्रदेश सरकारले अन्य क्षेत्रका बाढी पहिरो पिडित नागरिकहरुका पिडा कम गर्न प्रयास गर्ने बताए ।
'ताँजकोटमा प्रदेश सरकारले वस्ती व्यवस्थापन गरेको थियो । त्यस बेला बाढी पहिरोले अदानचुलीमा क्षती पुर्याएको भएपनि काम हुन सकेको थिएन्” उनले थपे, वर्षासँगैको बाढी पहिरोले क्षती पुर्याएका ठाउँका नागरिकलाई प्रदेश सरकारले केहि गर्न चाहन्छ ।”
सरकार गठन भएको पाँचौ दिनमै पिडित नागरिकको अवस्था बुझ्न आउनुको पछाडि सरकारले केहि गर्ने सोच बनाएको उल्लेख गरेका मुख्यमन्त्री शाहीले गाउँमा भएको सबै प्रकारका समस्याको बारेमा पार्टी (नेपाली कांग्रेस) को च्यानल मार्फत आउने निर्देशन दिए ।
बढी पहिरोले भएका क्षतीका बारेमा अदानचुली लगायत अन्इ थुप्रै क्षेत्रका नागरिकबाट लिखत र मौखिक जानकारी पाएको प्रतिक्रिया दिएका शाहीले अदानचुलीमा बलेको बक्ति अवरुद्ध भएकोमा त्यसलाई सूचारु गर्न पनि पहल गर्ने संकेत गरे ।
'हुन त, बत्ति (कुकुरफाल्ना कालागाड) मा थुप्रै खर्च भएको छ तर पनि बाढी पहिरोका कारण अवरुद्ध भएको उक्त विरुद्ध सूचारु गर्न हामी सकरात्मक छौं” मुख्यमन्त्री शाहीले थपे, 'अहिलेको जीवन बत्ति विनाको हुन सक्दैन त्यसैले यो अवस्थामा हामीले के गर्न सक्छौ त्यसमा गर्ने छौं ।”
मने लेकवरी सभापति बनाए दिएको छु
नेतृत्व छनोट देखि विकास निर्माणमा मनेलेक भन्दा दक्षिण क्षेत्रमा आफू र आप्mनो पार्टी (नेपाली कांग्रेस)लाई नहेरेको भन्ने भनाइको खण्डन गर्दै मुख्यमन्त्री शाहीले अब जिल्ला पार्टीको नेतृत्व मनेलेक भन्दा वरी (दक्षिण) क्षेत्रमा बनाएको बताए । आफू र आप्mनो दलले जिल्लाका सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता दिन्छ भन्ने प्रमाणीत गर्नकै लागि पार्टीको जिल्ला नेतृत्व निर्वाचित गरेको उल्लेख गर्दै उनले अब विकासका दृष्टिकोणले पनि दक्षिण क्षेत्रमा आप्mनो र दलको ध्यान जाने बताए ।
'मनेलेक वरी पार्टी (कांग्रेस)ले केहि गरेन भन्ने कुरा थियो अहिले मनेवरी नै पार्टीले सभापतिको पद दिइएको छ । पार्टीको जिल्ला सभापतिमा मोहनविक्रम सिंहलाई निर्वाचित गरेर पठाएका छौं । तपाईहरुका समस्या अब प्रत्यक्ष रुपमा पार्टी सभापति मार्फत राख्नु होल ागर्न सक्ने कुरा हामी गर्ने छौं । हुन त अहिले गठबन्दनको सरकार छ । त्यसमा कसरी काम गर्न सकिन्छ हेर्न बाँकी छ तर जे जति काम गर्न सकिन्छ । त्यसमा हुम्ला र हुम्लीका लागि पुर्ण रुपमा काम गर्ने प्रतिवद्धता म यहाँहरु सँग व्यक्त गर्न चाहन्छु ।” मुख्यमन्त्री शाहीले भने ।
गएको वर्षाले गरेको क्षेतीको अनुगमन गर्ने भन्दै गृह जिल्ला हुम्ला पुगेको मुख्यमन्त्री जिबन बहादुर शाही आज सुर्खेत फिर्ता भएको छन् ।
आईतबार दिउसो हुम्ला आएका मुख्यमन्त्री शाही आफ्नो मताधिकार भएको खार्पुनाथ गाउँपालिका बाट सदरमुकाम सिमकोट हुँदैं अदानचुली गाउँपालिकाको वडा नम्बर ५ बारीगाउँमा भेटभाट गरेका छन् । अदानचुली गाउँपलिकाको वडा नम्बर ५ र ६ मा अत्याधिक रुपमा क्षेती गरेको भन्दै हेलिकप्टर मार्फत हवाई अनुगमन गरेका मुख्यमन्त्री शाही प्रदेश राजधानी सुर्खेत फर्किए ।
मुख्यमन्त्री शाहीसँग नेपाली कांग्रेस हुम्लाका पार्टी सभापति मोहनबिक्रम सिंह, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।