फागुन १, जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मनपरी ढंगले पार्टी नचलाउन अध्यक्षद्वयलाई चेतावनी दिएका छन् ।
व्यक्तिले म सर्वेसर्वा हुँ ठान्नु गलत भएको भन्दै नेता नेपालले पार्टी प्रणाली नजानेको भए पार्टी पंतीबाट सिक्न आग्रह गरे . जनकपुर प’गेका नेता नेपालले सञ्चारकर्मीसँग क’राकानी गर्दै जनयुद्ध दिवस मनाउने निर्णय आफूलाई थाहा नभएको बताए । प’र्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘कुनै पनि कार्यक्रम तय गर्दा कमिटीको बैठकबाट निर्णय गर्नुपर्छ । यो मलाई थाहा छैन ।’
अध्यक्षद्धयको निर्णय गर्ने शैलीमा आप्mनो गम्भीर आपत्ति रहेको बताएका नेता नेपालले भने, ‘यो व्यक्तिले म सर्वेसर्वा हुँ ठान्ने, चाहे एक अध्यक्ष होस्, चाहे दुई अध्यक्ष होस् वा अन्य क’नै नेता नै किन नहोस् तर यो तरिका गलत हो ।’
जति सुकै राम्रो काम गर्न पनि विधि प्रक्रिया पालाना गर्नुपर्ने नेता नेपालको जोड छ । उनले भने, अध्यक्षहरुले (पार्टी प्रणाली) जानेका छैनन् भने जान्नुर्पयो । हामीलाई अनुभव छ, लिनुर्पयो ।’
कुनै पनि आन्दोलनमा शहीद भएका व्यक्तिहरुप्रति सम्मान राख्नुपर्ने तर, पार्टीले कार्याक्रम आयोजना गर्ने हो भने विधि प्रक्रिया पालना गर्नुपर्ने नेता नेपालले बताएका छन् ।
नेकपाले बुधबार जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको सम्मानमा देशभर कार्यक्रम गरेको थियो । पार्टी कार्यालय धुम्बाराहीमा पनि कार्यक्रम भएको थियो तर, कार्यव्यस्तता देखाएर नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहे ।