सौराहा (चितवन) । नेकपा (एमाले)को केन्द्रीय सदस्यका लागि हिमाली जिल्ला हुम्लाबाट पाँच जना आकांक्षी देखिएका छन् ।
शुक्रबार चितवनमा शुरु भएको दशौं महाधिवेशनमा दश जना प्रतिनिधि भएको हुम्लामा पाँच जनाले केन्द्रीय सदस्यका लागि दावी गरेका हुन् ।
पार्टीका वैकल्पीक पोलिटव्यूरो सदस्य समेत रहेका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, कर्णाली प्रदेश सदस्य तथा एमाले हुम्लाका पुर्व अध्यक्ष दल फडेरा, जिल्ला अध्यक्ष दल रावल, अनेकिसंघका केन्द्रिय सदस्य तथा पुर्व उपसचिव कलबहादुर हमाल र महिला संघका केन्द्रीय सदस्य रुपा शाहीले दशौं महाधिवेशनबाट निर्वाचित हुने कन्द्रीय सदस्यमा आप्mनो उम्मेरदारी घोषणा गरेका हुन् ।
पार्टीको आठौं महाधिवेशनदेखि पार्टी केन्द्रीय कमिटिमा रहेर आफूले कर्णालीकै भूगोलमा काम गरेका हुनाले दशौं महाधिवेशनमा पनि भूगोलबाटैं केन्द्रीय सदस्यमा दावी गरेको आकाक्षी गोरखबहादुर बोगटीले बताएका छन् ।
'मैले कर्णालीको भूगोलमै रहेर काम गर्नका लागि भूगोल तर्फबो केन्द्रीय सदस्यमा आकांक्षा राखेको हुँ बोगटीले नेपालवोटसँग भने, ‘आशा छ मैले अखहिलेसम्म पार्टीमा काम गरेको आधारे पनि देशभरका प्रतिनिधि साथीहरुले मलाई भूगोल (कर्णाली) तर्फको खुला केन्द्रीय सदस्यमा मत दिनु हुने छ ।’
अडानमा फडेरा
जिल्ला र प्रलदेशमा रहेर काम गरिसकेकाले आफूले काम गर्ने कमिटि अब केन्द्र नै रहेकमो भन्दै पुर्व अध्यक्ष तथा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र) मा आप्mनो उम्मेरदारी घोषणा गरेका छन् ।
आठौं महाधिवेशनदेखि नैं आफू केन्द्रीय सदस्यको दावेदारी भएपनि अन्तिम समयमा आएर पछि हटेको बताएका फडेराले यो महाधिवेशनलाई पार्टी केन्द्रमा आप्mनो इन्ट्री गर्ने मौकाका रुपमा लिएका छन् ।
जिल्लाका पुराना नेता गोरख बोगटी भूगोल (कर्णाली)को खुलामा जाने भएपछि आफूले पिछडिएको क्षेत्र रोजेको उल्लेख गरेका उनले पार्टीका सबै कमिटीमा गरेको कामका आधारमा पनि याने महाधिवेशनबाट केन्द्रीय कमिटीमा काम गर्ने अवसर प्रतिनिधिले दिने आशा व्यक्त गरे ।
‘म सँगै अखिल र पार्टीका विभिन्न कमिटीमा काम गरेका अन्य जिल्लाका साथीहरु पार्टी केन्द्रको पदाधिकारीका आकाक्षी बनिसकेका छन् तर म जिल्लाका अग्रजलाई सहयोग गर्दै लामो समयसम्म जिल्लामै बसेर काम गर्नु अवस्था आयो’, फडेराले थपे ‘तर यो महाधिवेशनबाट कुनै पनि अवस्थामा मैले केन्द्रीय सदस्यमा उम्मेरदारी बन्ने निर्णयमा पुगेको हुँ ।’
भूगोलतर्फको कोटामा जिल्लाकै अग्रज नेताले दावी गरेपछि आफूले भूगोलमा दावी नगरेको बताएका उनले आफूलाई जिल्ला मात्रै नभएर समग्र देशकै प्रतिनिधिले न्याय गर्ने विश्वाश व्यक्त गरेका छन् ।
दाउ हेर्दै दल
महाधिवेशनलाई केन्द्रीय सदस्य बन्ने दाउका रुपमा एमाले हुम्लाका अध्यक्ष दल रावलले लिएका छन् । लामो समय देखि जिल्ला अध्यक्षमै रहेशका पुर्व मन्त्री रावलले पनि आफूले मौका परे केन्द्रीय सदस्य बन्ने दाउमा आप्mना समर्थक बाट उम्मेरदारी घोषणा गरेका हुन् ।
औपचारिक रुपमा आफैले केन्द्रीय सदस्यको उम्मेरदारी घोषणा नगरेका रावलले नेताहरुको भेटमा बलियो दावेदारी प्रस्तुत गरेको बुझिएको छ ।
आफूले २०६९ सालदेखि हुम्लाको अध्यक्षमै रहेको काम गरेको लामो समय भएको भन्दै रावलले पार्टीका केन्द्रीय नेताहरुसँग केन्द्रीय सदस्य बनाइदिन भन्दै भेटघाट तिब्र पारेका छन् ।
महिला कोटामा रुपाको दावी
महिला कोटाबाट आफू पनि केन्द्रीय सदस्यको प्रत्यासीका रुपमा रुपा शाहीको पनि दावी छ ।
देशभर महिला खुला कोटाबाट केन्द्रीय सदस्यमा दावी गरेकी रुपाले जिल्लाका नेताहरुले सहयोग गरे आफूले जित्ने दावी गरेकी छन् । सूदुरपश्चिमका प्रतिनिधि र महिला नेतृसँन निटक सम्बन्ध राखेकी रुपमाले सकेसम्म आफू जित्ने गरेर केन्द्रीय सदस्य बन्ने मौका हेरेकी छन् ।
कलबहादुरको कला
लगातार चार महाधिवेशनबाट एमाले महाधिवेशन प्रतिनिधी बनेका कलबहादुर हमालले नेताहरु नजिक बन्ने कलाका रुपमा आप्mनो उम्मेरदारी घोषणा गरेका छन् ।
पार्टीको केन्द्रीय सदस्य बन्नेमा आफै विश्वस्त नभएका हमाल जिल्ला र केन्द्रका नेताहरुको नजिक पर्ने माध्यमका रुपमा आप्mनो दावेदारीलाई अघि सारेका छन् ।
मलाई केन्द्रीय सदस्य बनाउँदैनन् त्यो त मलाई थाहा छ उनले भने तर पछि पार्टीको जिम्मेवारीमा वलियो दावेदारीको सुनिश्चित गर्न पनि अहिले उम्मेरलदारीको घोषणा गरेको हुँ ।
प्रतिनिधिमै चिप्लीए कालीबहादुर
महाधिवेशन प्रतिनिधि भन्दै हुम्लाबाट चितवन पुगेको कालीबहादुर नेपाली महाधिवेशन प्रतिनिधिमै चिप्लीएका छन् । केन्द्रको नीति विपरित ११ जना प्रतिनिधि छनोट गरेको एमाले हुम्लाको निर्णय केन्द्रले नमाने पछि अन्तत कालीबहादुर लिप्लीएका हुन् ।
सबै क्लस्टर (महिला, जनजाती, दलित) र नेताहरु मिलाउन केन्द्रका नेतालाई फोन गरेर हुम्लाले ११ जना प्रतिनिधि छनोट गरेपनि अन्तमा १० जनामात्रै प्रतिनिधि हुन पाउने भएका हुन् ।
एमाले हुम्लाले गएको कार्तिक २७ गते निर्विारोध महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो ।