फागुन १२, सिमकोट । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्लाको दक्षिणपुर्वको चंखेली गाउँपालिकामा निर्माण भएको साढे १४ किलोमिटर सगाउँपालिकालाई तहलाई हस्तान्तरण गरिएको छ ।
स्थान ग्रामिण पहुँच तेस्रो चरणले गएको पाँच वर्षदेखि निर्माण गरेको सलीसल्लादेखि देउलीसम्मको उक्त सडक स्थानीय तह चंखेली गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
कर्णाली राजमार्ग अन्र्तगत मुगुको सदरमुकाम गमगढीसम्म गाडी सञ्चालनमा आएपछि गमगढी देखि चंखेलीको दार्म देउली हुँदै जिल्ला सदरमुकाम सिमकोट जोड्न दातृ निकाय ग्रामीण पहुँचले सडक निर्माण शुरु गरेको थियो । जिल्ला सडक गुरु योजा अनुशार पाँच वर्ष अघि निर्माण शुरु भएको उक्त सडक खण्डको सलीसल्ला देखि देउलीसम्मको निर्धारित दुरी निर्माण सम्पन्न भएपछि स्थानीय तहलाई हस्तान्तरण गरिएको ग्रामीण पहुँच कार्यक्रामका हुम्ला विष्नुप्रसाद खरेलले बताए ।
उनका अनुशार दातृ निकाय वेलायती अन्तराष्ट्रिय सहयोग नियोग (RAP) को आर्थिक सहयोगमा शुरु भको उक्त सडक निर्माण गर्न ३४ करोड ४ लाख ८१ रुपियाँ लागत लागेका छ ।
खासै मेसिन प्रयोग नगरेर मान्छेबाटै निर्माण गरिएको यो सडकमा पाँच वर्षको अवधीमा चंखेली गाउँपालिकाबाट मात्रै एक हजार ६९ जनाले रोजगारी पाएको कार्यक्रममा जिल्ला व्यवस्थापक पदमबहादुर बयकले जानकारी दिए । स्थानीयलाई रोजगार प्रदान गर्दै सडक निर्माण गर्ने लक्ष्या लिइएको सलीसल्ला–देउली सडक निर्माणमा सामान्य हाते औजारको प्रयोगबाट कामदारले काम गरेका थिए ।
“निर्माण सम्पन भएपछि स्थानीय तहलाई प्रयोग, व्यवस्थापन र मर्मतका लागि हामीले औपाचारिक रुपमा हस्तान्तरण गरेका छौं ।” सडक हस्तान्तरण कार्यक्रममा जिल्ला व्यवस्थापक पदमबहादुर बयकले भने, ‘अक हुम्लालाई मुगुको गमगढीबाट राष्ट्रिय सडक सञ्जालमा जोड्ने कामले तिब्रता पाउने छ ।’
कार्यक्रममा चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले सरकारको नजर नपुगेको चंखेलीमा साढे १४ किलोमिटर ग्रामीण सडक निर्माण गरेर वेलायत सरकारले आप्mनो पालिकाका नागरिकलाई निकै ठूलो गुन लगाएको बताए । सडकलाई मुगुको गमगढीसम्म जोड्ने काममा आफू निकै लागीपर्ने बताएका चौलागाईले प्रदेश सरकार र संघिय सरकारलाई समेत यसबारेमा रकम विनियोजित गर्न र प्राथमिकतामा पार्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।