फागुन १४, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा महाकाली सन्धि कार्यान्वयनको विषय प्राथमिकता साथ उठाउन सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।
बुधबार काठमाडौंमा सुरु हुने बैठकमा सहभागी हुने अधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले देशको हितमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न निर्देशन दिएका छन् ।
ुहाम्रो पहिलो प्राथमिकता महाकाली सन्धि कार्यान्वयन हो । सन्धिअनुसार नेपालले १० क्यूमेक्स पानी पाउनु पर्दछु, प्रधानमन्त्री ओलीले भने, ुसिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहुँदैन ।
२३ वर्षअघि महाकाली सन्धिअनुसार नेपालले चाँदनी (दोधारा क्षेत्रमा पाउनु पर्ने १० घन मिटर प्रतिसेकेण्ड ९३५० क्यूसेक० पानी हालसम्म नपाएको उनले उल्लेख गरे । २०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी (दोधारा क्षेत्रको सिँचाइका लागि भारतले १० घनमिटर प्रतिसकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यान्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनार्इ थियो ।
जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन मंगलबार सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।
बैठकमा उर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा।राजन भट्टराईलगायतको सहभागिता थियो ।