काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य छिमीदोर्ची लामाको नेतृत्वमा हुम्लाका पाँचसय बढि स्थानीय नेता कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेका छन् ।
बिहिबाचर साँझै एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । प्रवेश कार्यक्रममा लामासहित प्रदेश कमिटि सदस्य महेन्द्रबहादुर शाही (अविराम), गणेश रावल (सजक) लगायतमाओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यले एमाले प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र परिवारवाद र अत्याचारमा फसेकाले आफूहरुले देशको ठूलो पार्टी एमाले रोजेको बताए । पार्टी प्रवेश कार्यक्रममा आप्mना भनाई राख्दै नेता लामाले एमालेलाई जिल्लामा पहिलो पार्टी बन्नका लागि आप्mनोतर्फका सबै नेता तथा कार्यकर्ताहरुलाई वडा स्तरमा समेत पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिने बताए ।
समयमै नेकपा (एमाले) रोजेर सही निर्णय गरेकोमा नवप्रवेशी नेताहरूलाई धन्यवाद दिंदै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले निएको बिचार र समृद्ध देश निर्माणको अभियानमा एकाकार ठूलो पंक्तिले प्रवेश गर्न थालेको बताए । ‘देशभर अहिले हरेक दिन पाँच हजार देखि दश हजार नेता कार्यकर्ताले एमाले पार्टी प्रवे गरिरहेका छन्’, पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला माओवादीको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’
उक्त अवसरमा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज कमरेड गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरुको उपस्थिति थियो ।