फागुन १८, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ ।
लामो समयदेखि बिरामी कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको हो । अस्वस्थ भएपछि गत पुस २३ गते उनलाइ सुरूमा ललितपुरकाे मेडिसिटी र त्यसपछि ह्याम्स अस्पतालमा भर्ना गरिएकाे थियाे ।
अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा केन्द्रिय सदस्य सुर्य थापाले जानकारी दिए ।
सामाजिक सञ्जाल फेसवुकमा लेख्दै केन्द्रिय सदस्य थापाले भने, 'अन्ततः ९ः५० बजे जनताका प्यारा पूर्व उपप्रधाननमन्त्री तथा लोकप्रिय अर्थमन्त्री श्रद्देय कमरेड भरतमोहन अधिकारीको अवशान भयो । अधिकारीको निधनका बारेमा सम्धी कृष्ण आचार्यले जानकारी गराएका थिए ।
अधिकारीको स्वास्थ्य अवस्था बुभ्mन नेकपाका नेताहरु ह्याम्स अस्पतालमा गएका थिए ।
०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा बुढाबुढीलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट सुरु भएको थियो ।
०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतत्वमा अल्पमतको सरकार बनेको थियो । अधिकारी प्रधानमन्त्री बनेको भोलिपल्ट भरतमोहन अर्थमन्त्री भए । ११ गते बजेट ल्याए, जसमा आफ्नो गाउँ आफैं बनाउँ भनेर हरेक गाविसलाई ३ लाख बजेट छुट्याइएको थियो ।
२०५२ असारमा अधिकारीले अर्को बजेट ल्याए, जसमा बृद्धभत्ताको शुरुवात गरिएको थियो ।
अहिले दुई हजार छ । २०७४ को चुनावमा वाम गठबन्धनले ५ हजार पुर्याउने प्रतिवद्धता जनाएको थियो । तर, केपी शर्मा ओली सरकारले पहिलो वर्षको बजेटमा बृद्धभत्ता नबढाएको भन्दै आलोचना समेत हुन गरेको थियो । अधिकारी स्वयंमले समेत बृद्धबृद्धालाई ढाँटेको भन्दै असन्तुष्टि जनाएका थिए ।
अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए । अर्थतन्त्रको सबै स्वामित्व राज्यले लिनु पर्छ भन्ने एकथरी र सबै बजारलाई नै छाडिदिनु पर्छ भन्ने अर्कोथरी विचारधारको बीचबाट अधिकारीले राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थनीति अंगिकार गर्नुपर्ने मत अघि सारेका थिए ।