फाल्गुन २२, काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ । बुधवार (आज) रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि राजधानीमा बसेको राजपाको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
सत्तारुढ दल नेकपासँगको सहमतीका आधारमा सरकारलाई समर्थन गरेको राजपाले अहिलेसम्म सरकारले संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरूको रिहार्इ समेत नगरेको र उनीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता नगरेर आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचार पनि नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।
निर्मला पन्त लगायत किशोरीहरुका बलात्कारी र हत्यारालाई कारबाही नगरेको, सन्तुलित परराष्ट्र नीति अवलम्वन नगरेको, राज्यको हरेक अंगमा सत्तारुढ दलको मात्रै पक्षपोषण गरेको, संघीयतालाई कमजोर गर्ने, प्रदेशलाई अधिकार नदिने, प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाई राख्ने जस्ता काम सरकारबाट भएको निष्कर्ष निकाल्दै राजपाले आफूले दिएको सरकारको समर्थन फिर्ता लिएको जनाएको छ।
दुई तिहाई सरकारको एक वर्षे कार्यकाल पूर्ण असफल रहेको राजापाले अव कैलालीको घटनाका सन्दर्भमा कैलाली अदालतले गरेको फैसलाले आफूलाई निकै चिढ्याएको निष्कर्ष निकालेको छ ।
बैठकले सांसद चौधरी लगायत आफ्ना नेता, कार्यकर्तालाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारवासको कैद सजाय फैसलाबाट आप्mनो पार्टीलाई स्तब्ध पारेको जनाएको छ।