फागुन २३,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहाँसमै अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने ठोकुवा गरेकाछन्।
नेपाली राजनीतिमा ७० वर्ष देखिको त्याग तपस्या पछि मात्रै राजनीति स्थिरताको वातावरण बनेको छ । पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘जनताको अपेक्षा र देश परिवर्तन गर्ने अपेक्षा अनुसार छिटो भन्दा छिटो विकास, शुसासन, सकरात्मक संस्कारलाई गति दिने दाइत्व अबनेपाली कम्यूनिष्टहरुको हाम्रो काँधमा आएको छ ।’
नेकपाले शुक्रवार (आज) संघिय राजधानी काठमाडौंमा आयोजना गरेको दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका सात जना र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा आयोजित श्रदाञ्जली सभार्लासंवोधन गर्दैअध्यक्ष दाहालले इतिहासमा सबैले गरेको योगदानलाई कदर गर्ने गरी जनअपेक्षाअनुसार छिटो छिटो आर्थिक विकास र सुशासन दिन वर्तमान सरकारले सक्नुपर्ने बताए । त्यसका लागि अहिले उपयुक्त वातावरण रहेको उनको दावी थियो ।
आर्थिक विकास र समृतिका लागि प्रकृतिक साधन स्रोत, मानवीय शक्ति, ज्ञान विज्ञान र साधनाको दृष्टि सम्पन्न भएपनि पछिल्लो समयमा नेपाल परनिर्भर हुँदै गएकोले पनि त्यसलाई रोक्न सबैले नयाँ संकल्प गरेर आर्थिक विकास र सुशासनमा केन्द्रित हुनुपर्ने उनले बताए ।
‘नेपाल साह्रै सुन्दर देश छ । यो प्रकृतिक साधन स्रोतले नि सम्पन्न छ । मानवीय शक्ति, ज्ञान विज्ञान र साधनाको दृष्टिले पनि जन्म लिएकै थलो हो’, प्रचण्डले भने , ‘तर, केही समय यता हामी पछि पर्दै, परनिर्भर हुँदै गएका छौं । थुप्रै नकारात्क कुराको उदाहरण देखिराखेका छौं ।’
दिवंगत नेताहरूलाई सम्झँदै शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिएका अध्यक्ष प्रचण्डले भने, ‘दिवंगत व्यक्तित्वहरुका र पार्टीका नेताहरुका परिवारका सदस्यहरुलाई विशेषरुपले पार्टीका तर्फबाट अनुरोध गर्न चाहन्छु । तपाईंहरुले शोकलाई शक्तिमा बदल्ने संकल्प लिनैपर्छ ।
आम नेपालीले तिखो आँखाले हेरिराखेकोबताएका अध्यक्ष प्रचण्डले योवर्षको फागुन महिना श्रदाञ्जलि समाभा नै विताए जस्तो हुन गएको बताए । ‘फागुन महिना धेरै जसो श्रदाञ्जली सभामा नै बिताए जस्तो हुन गएको छ र आज बिहान मात्रै पनि फेरि एकजना जिम्मेवार नेता गणेश पण्डितलाई पनि श्रदाञ्जलि व्यक्त गर्यौं’, उनले भने, ‘सुखानी गएर पनि श्रज्ञान्जली व्यक्त गर्यौं । फागुन १ गते पनि सहिदप्रति श्रद्धान्जली व्यक्त गर्यौं ।’
पार्टीले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले क्षेतीपुर्ति गर्न दिवंगत भएकाहरुको सपना पुरा गर्न सबैले नयाँ संकल्प गर्नुपर्ने उल्लेख गरे । ‘पीडालाईरशोकलाई शक्तिमा बदलेर एउटा ताकतमा बदल्न सक्छौं । रोयर मात्रै पिडा मात्रै व्यक्त गरेर बस्न हुँदैन । बस्न सकिँदैन । नयाँ संकल्प गर्ने र दिवंगत भएकाहरुको सपना पुरा गर्ने सरकार र नेकपाका सबै नेता र कार्यकर्ताले सामुहिक संकल्प गनुर्स पर्नेमा जोड सदिए ।