फागुन २३, काठमाडौं । केही सञ्चार माध्यमले आफुलाई पार्टीको कित्तामा नेता बामदेव गौतम पक्षिधर चनेर प्रकाशित गरेकोसमाचार प्रति नेकपा केन्द्रिय सदस्य तथा साँसद मोहन बानियाले आपत्ती प्रकट गरेका छन् ।
पार्टी भित्रको धुब्रीकरणलाई बाहिर ल्याउन नाममा नयाँ पत्रीका दैनिकले ५ नम्बर पृष्ठमा ओलि सङ बामदेवको सम्वन्ध बिच्छेद भन्ने शिर्षकमा आप्mनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
समाचार प्रकाशित भए लगत्ती सामाजिक सञ्जालमा आप्mनो प्रष्टिकरण लैख्दै केन्द्रिय सदस्य समेत रहेका नेता बानियाँले भने, 'म एउटा स्तर उठेको कम्युनिस्ट पार्टीको सिपाही हुँ म सङ लोभ र पाप छैन अनि निश्ठा र नैतिकता बाहेक अरु केही बोकेर हिडेको छैन । मलाइ क। बामदेव को कित्तामा राख्ने अधिकार कस्ले दिएको हो ? यो अधिकार म सङ मात्र निहित छ । मैले क. बामदेव गौतमलाई ठूलो आदर गर्छु सम्मान गर्दछु ।'
नेकपाका नेता गौतम पार्टीको एउटा जुझारु र कम्युनिष्ट पार्टीको ईतिहास बोकेको स्टीलको खम्बा भएको बताएका बानियाँले आफूभने समाचारमा उल्लेख गरेझै उनको (गौतमको) पक्षधर नभएको प्रतिक्रिया दिदैं भने, 'म आदरणीय अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पारदर्शी, बहुआयामिक सोच र पार्टीलाई हाँक्न सक्ने अब्बल क्षमताबाट उहिले देखि प्रभावित छु ।' ओलीलाई पार्टी अध्यक्ष निर्वाचित गर्ने देखि संसदीयदलको नेता बनाउदासम्म आफूले निकै साथ दिएको दावी गरेका बानियाँले अँझै समृद्ध नेपाल निर्माणका लागि ओलीको विकल्प सोच्न नसकिने बताए ।
३९ बर्षको राजनीतिक अनुभवमा जिल्लाको राजकिय पद देखि संसदीय फाँट र पार्टीको कन्द्रिय सदस्यसम्मको जिम्मेवारी पाउँदासम्म आफू पार्टी अध्यक्ष ओलीकै पक्षरधरतामा लागेका प्रतिmित्रया दिएका बानियाँले समाचार संप्रष्ण गर्ने नाममा कसैको चरित्र हत्या गर्न नहुने जिकिर गरे । समाचारमा भ्रमीत पार्ने गरी आएको तत्थ्य साँचो नभएको बताएका मुगुबाट प्रतिनिधित्व गर्ने संघिय साँसद बानियाँले यसबाट आफू अबिचिलित भएर पार्टी अध्यक्ष ओलीको मार्गमा एकताबद्ध भएको बताएका छन् ।
मुगु जिल्ला विकास समिति सभापति हुदै संसदिय फाँटमा प्रवेश गरेका बानिया समानुपातिक तर्फका संघिय साँसद र नेकपाका केन्द्रिय सदस्य समेत हुन् ।