फागुन २४, बझाङ । बझाङ जिल्लाको बुंगल नगरपालिका बिजगडमा कार्यकर्ता भेटघाट र महिला दिवस कार्यक्रममा जाने क्रममा अपहरित भएकी सुदुरपश्चिम प्रदेशकी सांसद देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले मुक्त गरेका छन् ।
शुक्रबार (आज) सदमुकाम चैनपुरबाट हिँडेकी सुदुरपश्चिम प्रदेशसभा सदस्य मल्ललाई विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । सांसद मल्ललाई केदार गाउँपालिकाको पाउँटारबाट अपहरण गरिएको थियो । अपहरण गरेको करिब चार घण्टा सम्पर्क बिहिन गरेर जंगलमा राखेपछि साँझ चार बजे नै मल्ल रिहा भएकी हुन् ।
‘अन्तराष्ट्रिय नारी दिवशको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागि हुन गाँउतिर हिँडेकी थिएँ,’ 'सांसद देबकी मल्लले नेपालबोटसँग भनिन् दश बाह्र जना विप्लव कार्यकर्ताहरु एकाएक बागथला बिजगडा सडकखण्डको पाउटारमा तपाईँसँग काम छ गाडीबाट झर्नुहोस् भनेर चार, पाँच घण्टा उनीहरुले आफ्नो नियन्त्रणमा लिएर ससम्मान छोडे ।'
मल्लले आफूलाई सत्तापक्ष भएकोले निर्मला हत्याकाण्ड लगायत घटनामा सरकार आफैँ संलग्न भएर सत्ताको दुरुपयोग गरिरहेको भन्दै देशको समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको र विप्लवका पक्षमा लाग्न आग्रह गरी बिनाशर्त छोडेको समेत बताईन ।
विप्लव कार्यकर्ताले आफूसँगै सडकबाट चार घण्टा उकालो जंगलमा लिएपछि सांसदसँग हिँडेका कार्यकर्ताले प्रहरीलाई जानकारी दिएपछि प्रहरीको टोली सांसदको खोजीमा केदार गाउँपालिकाको पाउटार आसपासमा जाँदैगर्दा सांसद मल्ल जंगलबाट तल झरि सकेकी थिइन् ।
मल्ल प्रहरी सहित आफन्तसँग बागथला प्रहरी चौकीमा आएपछि बल्ल सम्र्पकमा आएकी थिइन् । विप्लव कार्यकर्तालाई अफूलाई केही मानसिक तनाब गरेको भए पनि अन्य दुव्र्यवहार भने नगरेको सांसद मल्लले बताएकी छन् ।
विपल्व समुहले अस्वीकार
विप्लव समुहले भने विज्ञप्ति निकाल्दै साँसद मल्लको अपहरण आफूहरुले नगरेको जिकिर गरेको छ । मल्लबारे मिडियामा आएका खबरबारे आफूहरुको ध्यानाकर्षण भएको भन्दै सिकन्दर नामका नेताद्धारा हस्ताक्षरित विज्ञप्तिमा अपहरण अस्वीकार गरिएको छ ।