फागुन २५, सुर्खेत । जिल्ला र स्थानीय तहका कमिटिको एकिकरणका अल्झएिको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश अगुवा कार्यकर्ता भेलाको आयोजना गर्नेे भएको छ ।
पार्टीका पछिल्लो विकसित अवस्था, अबको कार्यदशा र पार्टी एकिकरणको विषयलाई लिएर अगुवा कार्यकर्ता भेलाको आयोजना गरिने नेकपा कर्णाली प्रदेश अध्यक्ष गोख बहादुर बोगटीले जानकारी दिए ।
शनिबार (आज) अपरान्ह साढे १ बजे नेकपाको सुर्खेत पार्टी कार्यालयमा आयोजना हुने भेलामा नेकपाका नेता, कार्यकर्ता, देखि तिनै तहका जनप्रतिनिधिलाई सहभागिताका लागि अध्यक्ष बोगटीले आग्रह गरेका छन् ।
आप्mनो सामाजिक सञ्जाल फेसवुकमा सूचना जारी गर्दै पार्टी अध्यक्ष बोगटीले भनेका छन् , ‘नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा माननीय गृहमन्त्री रामबहादुर थापा (बादल) को उपस्थितिमा नेकपाले अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएकोले नेकपाका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरुलाई उपस्थित हुन जानकारी गराउद छु ।’
अन्य प्रदेशभन्दा स्थानीय तहका पार्टी गतिविधिमा केही अघि देखिएको नेकपा कर्णालीले आयोजना गर्ने कार्यकर्ता भेलालाई महत्वका साथ हेरिको छ ।
नेकपा विप्लप समुहले आप्mना गतिविधि निकै तिब्र नबाएको कर्णाली प्रदेशमा वर्तमान सरकार गृहमन्त्री समेत रहेका नेता थापाको उपस्थितिले विप्लपलाइै सरकार र नेकपाले हेर्ने नजरका बारेमा समेत कसरी कार्यकर्तालाई प्रशिक्षित गर्ने भन्ने बारेमा आजको भेलालाई निकै महत्वका साथ हेरिएको छ ।