फागुन २५, सिमकोट । जागीर दिन्छु भन्दै हुम्ला जिल्लाका बिभिन्न गाउँका युवाहरुबाट ३ लाख १४ हजार रकम उठाएर फरार भएका मानबहादुर रावल नेपालगञ्ज बिमानस्थलमा भेटीएका छन् ।
मुगु जिलमा रहेको दियालो नामको गैर सरकारी संस्थामा प्रति ब्यक्ति महिनाको १७ हजारको रोजगार दिलाई दिने भन्दै धरौटी बापत एक जनाबाट ५५ हजारका दरले रकम उठाएका रावल केहि दिन अघि हुम्लाबाट फरार भएकोे अदानचुली गाउँपालीका २ का बसन्त बोगटीले जानकारी दिए ।
हुम्ला जिल्लाको दक्षिणी क्षेत्रबाट प्रबेश गरेका रावलले करिब १२ जनाको रकम ठगी गरेको बताएका बोगटीले नेपालबोटसँग भने, “रावलले मुगु जिल्लामा घर बताए पनि बास्तबीक घर बाजुरा जिल्लाको स्वामी कार्तिक गाउँपालीकाको स्थित सापपाटाक रहेछन् ।”
उनको वास्तविक नाम र ठेगाना मानबहादुर रावल भएको नेपालगञ्ज बिमान स्थलमा खटीएका प्रहरी सहायक निरिक्षक चक्र बुढाले पुष्टी गरेका छन् । जागिर लगाईदिए वापत क्षेत्रीबाट प्रतिव्यक्ती ५५ हजार, दलितबाट प्रतिव्यक्ती ४५ हजार र महिलाबाट प्रतिव्यक्ती ४० हजार धरौटी राखे मासिक १७ हजारको जागीर दिने भन्दै ठगी गरेको स्वीकार गरेको नेपालगञ्जको राँजा विमान स्थलका प्रहरी सहायक निरिक्षक बुढाले जानकारी दिए ।
पछि रोजगार पाउने आश गरेको बताएका अदानचुली २ बसन्त बोगटीले हुम्ला, मुगु र बाजुरा कैयौ युवाहरुलाई त्यसरी धरौटी बापतलको रकम जम्मा गर्न भन्दै उनी बाहिरिएका थिए ।।
को को ठगिएत मानबहादुर रावल बाट
बलक्ष्मी मल्ल सर्केगाड १ जैर
बिर्ख बोगटी अदानचुली २
कलबहादुर लामा सिमकोट ७
गोर बहादुर एडी चंखेली ३
उपेन्द्र शाही खार्पुनाथ १
लक्ष्मी शाह हमाल सर्केगाड १
अमिन रावल खार्पुनाथ २
मिनराज ऐडी चंखेली ३
चन्द्र रावल खार्पुनाथ २
राम देब िबुढा अदानचुली २
साउने भियाल सर्केगाड १
बसन्त बोगटी अदानचुली २
कति कति रकम उठायो त
शिबलक्ष्मी मल्लबाट २४ हजार
बिर्ख बोगटीबाट ५५ हजार
गोर बहादुर ऐडी बाट ५५ हजार
लक्ष्मी शाह हमालबाट ४० हजार
राम देबी बुढाबाट ४० हजार
साउने भियालबाट ४५ हजार
ब्सन्त बोगटीबाट ५५ हजार