फागुन २६, जनकपुर । सरकारसँग विखण्डकारी गतिविधि नगर्ने गरी ११ बुँदे सहमति गरेका डा. सिके राउत नेतृत्वको युवादस्ताले संझौता विपरित आइतवार (आज) जनकपुरमा पुरानै शैलीमा विखण्डको नारा लगाएको छ ।
आप्mना नेता डा. राउत जनकपुर पुगे लगत्तै उक्त समुहले विखण्डनकारी नारा लगाएको हो । काठमाडौँबाट सिके राउत जनकपुर ओर्लिँदा डा. राउत समर्थक तालिम प्राप्त युवा सुरक्षा दस्ता थिए भने अर्कातिर उनका समर्थकले ‘स्वतन्त्र मधेसको’ नारा घन्काएका छन् ।
पृथकतावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भन्दै राउतले सरकारसँग औपचारिक घोषणा गरिहँदा उनका कार्यकर्ताहरुले भने पुरानै नारालाई झनै चर्काएका छन् । ‘फ्री मधेस’ लेखिएको झण्डा बोकेर राउतको स्वागतमा पुगेका कार्यकर्ताहरुले हिन्दी भाषामा विखण्डनको नारा लगाएका थिए । कार्यकर्ताहरुले लगाएको नारामा ‘नेपाली उपनिवेश मुर्दावाद, मधेश देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायत रहेका थिए ।
सरकारसँगको सहमती गरेर फर्केका राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताहरुले दस्ता नै बनाएका थिए । राउतको सुरक्षामा खटिएका स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरु जनकपुर विमानस्थलमा सतर्क अवस्थामा थिए । कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, आँखामा कालो चश्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झण्डा लिएका राउतका आठजना निजी सुरक्षा दस्ता विमानस्थलमा उभिएका थिए ।
सरकारले राउतसँग गरेको सहमतीका बारेमा देशैभर विभिन्न टिकाटिप्पणी भैरहेको बेला राउतका कार्यकर्ताले लगाएको बिखण्डनको नाराले सरकारका अधिकारीले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपाल सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस बीच गएको फागुन २४ गते शुक्रबार ११ बुँदे सहमति भएको छ ।
भिडियो हेर्नुहोस्