राष्ट्रिय युवासंघ नेपाल हुम्लाले जिल्लाको नाम्खा गाउँपालिका बाहेक अन्य छवटा गाउँपालिकामा आफ्नो गाउँ कमीटि गठन गरेको छ । उक्त संगठनले प्रत्यक गाउँपालिका स्तरीय ४३ सदसीय गाउँ कमिटि गठन गरेको जानकारी दिएको छ ।
शनिवार राष्ट्रिय युवासंघ नेपाल हुम्लाले जिल्लाका कृयाशिल पत्रकारहरुसंग राय सुझाव संकलन तथा आदान प्रदान कार्यक्रम सन्चालन गर्ने क्रममा यस्तो बताएको हो । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपाल हुम्लाले शनिवार जिल्लाका कृयाशिल पत्रकारहरुसंग एक कार्यक्रमका विच आगमी चैत १४ र १५ गते हुने जिल्ला अधिवेशनका लागि सुझव संकलन गरेको हो ।
राष्ट्रिय युवासंघ नेपाल हुम्लाका जिल्ला अध्यक्ष दिनेश रावतको अध्यक्षता तथा सोही संगठनका जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य मन्जु रावलको प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रममा सो राय सुझाव संकलन तथा आदन प्रदान कार्यक्रम गरिएको थियो ।
आदनप्रदान कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका कार्यबाहक अध्यक्ष राज शाहीले लामो समयदेखि जिल्लामा उत्पन्न भएका समस्याहरुलाई मध्य नजर गरि युवासंघ नेपालले त्यस्को निरुपण गर्नु पर्नेमा जोड दिनु पर्ने बताए । दैनिक रुपमा जिल्ला बाहिरबाट उडान हुने हवाई यातायतको निरन्तरता, पहुजै नभएका डिपो तथा विक्रि केन्द्रमा खाद्यान्नको पहल जस्ता विभिद समस्याहरु उत्पन्न भएका छन् । जसलाई उक्त संगठनले पहल गरेमा उत्तम हुने बताए ।
उक्त संगठनको आगमी चैत १४ र १५ गतेका दिन हुने जिल्ला अधिवेशनको तयारीका लागि सो संगठनले गर्नु पर्ने भूमिका र रणनितिका बारेमा सामान्य रुपमा पत्रकार भेटघाटको कार्यक्रम राखिएको राष्ट्रिय युवासंघ नेपाल हुम्लाका अध्यक्ष दिनेश रावतले जानकारी दिए । छलफलका क्रममा जिल्ला अधिवेशनका लागि आफ्नो संगठनले महिला, जनजाती, दलित सबैलाई समावेशी गर्ने तरिकाले सम्पन्न गराउनेमा प्रतिवद्धता जनाएका थिए ।
त्यस्तै विचमा पार्टि समिकरण भई सकेपछि विभिन्न बाधा अपरोधहरु आएका कारण आफ्नो संगठनलाई बलियो बनाउनुमा केही समस्या आयो तर अव यसलाई निरन्तरता दिने र जिल्लामा पत्रकारहरुले उठान गरेका विषयलाई आफ्नो संगठनका तर्फबाट डटेर लाग्ने जिल्ला यन्चार्ज मन्जु रावलले बताइन् । जिल्लामा हालसम्म राष्ट्रिय युवासंघ नेपाल हुम्लाले वाडमा ३५, गाउँपालिकामा ४३ सदसीय युवासंघ कमिटि गठन गरि सकेको इन्चर्ज रावलको भनाई छ ।