सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य सामग्रिको अभाव भएको छ । करीव एक महिनादेखि हुम्लाको सदरमुकाम सिमकोटमा नियमित रुपमा हवाई उडान नभएपछि दैनिक दिन प्रयोग गरिने सामग्रिको अभाव भएको हो । जिल्ला बाहिरबाट नियमित रुपमा हवाई जहाज उडान नहुँदा यो वर्ष हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारका व्यवसायी र उपभाक्ताले विभिन्न उपभोग्य बस्तुको संकट खेप्नु परेको छ ।
दैनिक जसो उपभोग गर्ने उपभाग्य बस्तुमा तेल, चिनि, चिउरा लगायतका सामग्रिको अभाव हुँदै गएको छ । गाउँबाट सामन किन्न आएका उपभोक्ताहरु बजारमा तेल, चिनि लगायतका खाद्य बस्तु नपाउँदा रित्तो हातमा घर फर्कन बाध्य भएका छन् । दैनिक दिन उपभो गर्ने उपभोग्य बस्तुको हाहाकार भएपछि बजार व्यवसायी र सेवाग्राही दैनिक दिन उपभोग्य बस्तुबाट बन्चित हुनु परेको छ ।
बजारमा फाट्ट फुट्ट पाइने तेलको पनि बहु मुल्यमा बिक्रिहुने गरेको छ । एक पोका धारा तेलको २ सय ५० र स्वस्तीक तेलको १ सय ९० रुपैयाँ लिने गरेपछि उपभोक्ताहरु समेत मर्कामा पर्दै आएका छन् । त्यस्तै जिल्ला बाहिरबाट आउने प्याज, टमाटर, धनिया, साग लगायतका तरकारीको पनि अभाव भएको छ ।
एक महिना अगावैदेखि जिल्ला सदरमुकाम सिमकोटमा नियमित रुपमा हवाई उडान नभएपछि विभिन्न सामग्रिको अभाव हुँदै आएको हो । यहाँका नागरिकले चाहेको समयमा नत कुनै पनि सामग्रि उपभोग गर्न पाएका छन् नत भनेको बेला जिल्ला बाहिर आवत जावत गर्न पाएका छन् । त्यसै शनिबार मात्रै नेपालगंजबाट दुई तीन फलाइट जहाजले उडान भर्दा टमाटर, प्याज र कुखुराको मासु आयत भएको थियो । तर पनि यहाँका व्यवसायीहरुले नेपालगंजको भन्दा दोव्बर मुल्यमा विक्रि गरेका छन् ।
नेपालगंजमा मासुको ४ सय पर्ने गरेको भए पनि चैत १९ गतेदेखि सिमकोट माथिल्लो बजारमा रहेका कुखुराको मासु पसलेहरुले एक किलोको ८ सय रुपैयाँ लिएर मनोमानित ढङ्गले मुल्य असुल्ने र विक्रि गरेको पाइएको छ । त्यस्तै खसिको मासुको पनि बजारमा १ हजार १ सय रुपैयाँ लिदै आएका छन् ।