स्थानीय तह निर्वाचन ०७९ लाई स्वतन्त्र, निष्पक्ष र भय रहित बनाउन राजनीतिक दलहरूका प्रमुखहरूले प्रतिबद्दता गरेका छन् । चैत २७ गते जिल्ला निर्वाचन कार्यालय हुम्लाले अयोजना गरेको कार्यक्रममा हुम्ला जिल्लाका राजनिति दलहरूका प्रमुखहरूले निर्वाचन आचार संहितालाई पुर्ण रुपमा पालन तथा कार्यन्वयन गर्नमा प्रतिवद्धता जनाएका हुन् ।
आसन्न ०७९ बैशाख ३० गते हुने निर्वाचनका लागि राजनिति दलहरूको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष कल बहादुर हमाल, नेपाली कांग्रेसका जिल्ला पार्टि सभापति मोहन विक्रम सिंह, नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय संयोजक डाक्टर दिपेन्द्र रोकाया, नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष तिर्थराज रोकाया, राप्रपा नेपाल हुम्लाका जिल्ला अध्यक्ष विकास महत लगायतका पार्टि प्रमुखहरूले एकमुष्टमा निर्वाचन आचार संहिता विपरीत नगर्ने भन्दै प्रतिवद्धता जनाएका थिए ।
सोही निर्वाचन ०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनितिक दलहरु लगायत सरोकारवाला सवैले स्थानीय तह निर्वाचन ऐन, २०७३, निर्वाचन आचार संहिता तथा निर्वाचन आयोगबाट प्राप्त निर्देशनहरुलाई कार्यन्वयनका लागि सो व्यक्तिहरुबाट प्रतिबद्धता जाहेर गरिएको थियो ।
जिल्लामा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि पहिलो त राजनितिक दलका प्रमुख एबम् प्रतिनिधि आफै लाग्नु पर्ने प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले बताए । उनले भने राजनिति दल संगै प्रहरी प्रशासनले पनि कोडिनेशनको पाटोमा जोडिनु पर्ने आवश्यक्ता रहन्छ ।
त्यस्तै चैत २५ गतेदेखि निर्वाचन आंचारसंहिता लागु भई सकेपछि राजनिति दलले सो आचार संहिता लागु गर्नु सबैको दायीत्व र कर्तव्य हो, प्रदेश सभा सदस्य दल रावलको भनाई छ । भौगोलिक विकट्ताले गर्दा पनि हुम्ला जिल्लामा केही असहजता बाताबरण शृजना भएको छ ।
तर पनि यसलाई मध्य नजर गर्दै सो आचार संहितालाई उलंघन नगरि सफल ढंगले निर्वाचनलाई सम्पन्न गर्नमा सबैको समन्वय गर्नु रहनु पर्ने बताएका हुन् । बैठकमा प्रमुख जिल्ला अधिकारी सीता परियारले निर्वाचनलाई सहज र शान्ती पुर्ण ढंगले सम्पन्न गराउनका लागि दलका प्रमुहरूलाई अनुरोध समेत गरेकी थिइन् ।