सिमकाेट, सदरमुकाम सिमकोटको तल्लो बजार र माथिल्लो बाजारको विच भागमा रहेको एरपोट ढल निकासी हुने स्थानमा सडक निर्माण गरिएपछि खाद्यान्न ढुवानीमा समस्या भएको छ । उक्त स्थानमा सडक निर्माण गरेपछि सो खाद्यान्न ढुवानीमा समस्या आएको हो ।
नेपाल खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेट शाखा कार्यालय हुम्लाको करीव ४ सय कुइन्टल खाद्यान्न सिमकोट विमान स्थलमा थन्किएको छ । सिमकोट विमान सस्थलमा थन्किएको सो खाद्यान्नका विषयमा कसैको पनि चासो गएको छैन् । पछिल्लो समय हुम्लामा पानी नपरेका कारण मात्रै एरपोटमा थन्किएको चामल बचेको छ ।
तर पानी परेको खण्डमा उक्त खाद्यान्न बचाउन गाह्रो हुने देखिएको खाद्य स्रोतले जनाएको छ । चैत २२ गतेदेखि सर्केगाट र सरिसल्लादेखि माउण्टेन हेलिकोप्टरले नियमित खाद्यान्न ढुवानी गरि रहेको छ । तर यहाँका सरोकारवाला निकायले भने चामाललाई खाद्य गोदामसम्म पुगाउनका लागि व्यवास्था गर्दै आएको छन् ।
सिमकोटको मुख्य सडक निर्माण गर्ने कार्य भए पनि अन्य विकल्पको माध्यम भने एरपोट छेउबाट नै हुने केही व्यक्तिहरुको भनाई छ । त्यसका लागि आफुले केन्द्रमा पहल नगर्दासम्म उक्त ढोका खोल्न नमिल्ने विमान स्थल प्रमुख मोहन गिरीले बताए ।
विगतका वर्षहरुमा स्थानीय नागरिकले सोही ढोका प्रयोग गरेर चामल ओसार्ने कार्य गरेका थिए । ढुवानीको लागि अन्य विकल्प नभएपछि ढुवानीमा समस्या भएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी शाखा कार्यालयले जनाएको छ ।
एक मात्रै हुम्ला विमान स्थलबाट ढुवानीको बैकल्पिक उपाय नभएपछि सो खाद्यान्न ढुवानीमा समस्या हुने गरेको शाखा कार्यालयका सुव्बा नविन प्रसाद आचार्यले जानकारी दिए । उनले भने विमान स्थालमा रोकिएको खाद्यान्न ढुवानी हुन नसक्दा हाल उक्त खाद्यान्न वितरणमा समस्या भएको छ ।
सो कार्यालयसम्म खाद्यान्न ढुवानी सहज्ताका लागि हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार, प्रतिनिधि सभा सदस्य द्धय छक्क बहादुर लामा, रिता शाही र प्रदेश सभा सदस्य दल रावललाई पहलका लागि समेत अनुरोध गरेको सुव्बा आचार्यको भनाई छ । सिमकोट विमान स्थलमा हवाई ढुवानी मार्फत आई पुगेको भए पनि उक्त चामल सुरक्षित रुपमा समेत नरहेको पाइएको छ ।
आइतवार जिल्लाका राजनिति दलका प्रमुख, सरोकारवाला निकाय, लगायतकाे छलपफलले विमान स्थलदेखि खाद्य गोदाम सम्मको बाटो निर्माणाधिन अवस्थामा रहेकोले खाद्यन्न ढुवानीलाई अन्य विकल्पको बाटो समेत नरहेको हुँदा उक्त चामललाई खाद्यको गोदामसम्म ढुवानीका लागि साँझ ५ बजेदेखि ७ बजेसम्म विमान स्थल छेउमा रहेको ढोका खोल्न सम्वन्धित निकायलाई अनुरोध गर्ने भएकाे जिल्ला प्रशासन कार्यालय हुम्लाको स्रोतले जनाएको छ ।