नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली भोली हुम्लामा आउने भएका छन् हुम्लामा आउनको लागि आज नेपाल पुगी सकेको एमाले स्थयी कमिटि सदस्य गोरख बहादुर बोगटीले बताए ।
भोली मात्र हुम्लाको जिल्ला सदरमुकाम सिमकोट र दक्षीणी भेगमा रहेको दानचुलीमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रमको तयारी पुरा भएको नेकपा एमाले हुम्लाले जनाको छ । सिमकोटमा हुँने जनसभा मानसरवर बहुमुखी क्याम्पसमा हुँने छ भने अदानचुलीको श्रीनगर स्थीत खेलमैदानमा हुँने भएको छ ।
जिल्लाको तल्लो क्षेत्रको श्रीनगरमा हुँन गैरहेको कार्यक्रममा अदानचुली,ताँजाकोट,चंखेली,सर्केगाड र मुगी जिल्लाको सोरु गाउँपलिकाका करिब ४ हजार भन्दा धेरै नागरीक उपस्थित हुँने जनसभा मुल ब्यबस्थापन समितिका सदस्य तथा प्रचार उपसमितिका संयोजक नवराज महताराले बताए ।
उहाँका अनुसार अदानचुली गाउँपालिकाको वडा नम्बर १ बाट ३ सय जना,२ नम्बरबाट ८ सय जना,३ नम्बरबाट ७ सय जना,४ नम्बरबाट ४ सय जना,५ नम्बरबाट २ सय ५० जना र ६ नम्बरबाट २५० गरी करिब ३ हजार गरी करिब ३ हजार र ताँजाकोटबाट ५ सय जना,चंखेलीबाट ४ सय जना,सर्केगाडबाट ४ सय जना र सोरु गाउँपाकिाबाट ३ सय गरी ५ हजारको हाराहारीमा उपस्थीत हुँने पनि बताए ।
उनले भने एमाले अध्यक्ष ओली राजनेता भएकाले पाटी बीपाटी नभनी सबै पाटीका नेता तथा कार्यक्रताहरु उपस्थिती हुँने छन् र सयौ नागरीक एमालेमा लाम्बद्ध हुँने छन् ।
अध्यक्ष ओली सँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल,उपमहासचिब विष्णु रिमाल,अध्यक्ष ओलीको जिवनसङ्गीनी राधिका शाक्य पनि आउनु हुँने भएको छ । उहाँसँगै स्थायी कमिटि सदस्य गोरख बहादुर बोगटी,केन्द्रीयी सदस्य दल रावल,दल फडेरा, अध्यक्षका प्रमुख स्वकीय सचिब राजेश बज्राचार्य र अध्यक्षका निजि चिकित्सक डा.दिलिप शर्मा पनि आउनु हुँने भएको छ ।