सात गाउँपालिका रहेको हुम्ला जिल्लामा ३६ जनाले अध्यक्षमा र ४३ जनाले उपाध्क्षयमा मनोनयन दर्ता दर्ता गराएका छन् । बैशाख ३० गते हुँन गैरहेको स्थानीय तह निवार्चनको लागि बैशाख ११ र १२ गते भएको मनोनयनमा हुम्ला जिल्लाका ७ वटा गाउँपालिकाका अध्यक्षको लागि मात्रै २० जना र उपाध्यक्षको लागि २४ जनाले उम्मेदवारी दर्ता गरी चुनाबी मैदानमा उत्रिएका छन् ।
सिमकोट गाउँपालिका
गएको स्थानीय निवार्चन २०७४ मा नेपाली कांग्रेशका पदम बहादुर लामाले ५ हजार २ सय ७ मत मध्ये माओबादी केन्द्रका महेन्द्रबहादुर शाहीबाट १३ सय ६५ मत प्राप्त गरी अध्यक्षमा बिजय हासील गरेका जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यतीबेला अध्यक्षमा मात्र ४ जनाको उम्मेदवारी परेको छ । उक्त गाउँपालिकामा गठबन्धन दलको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज विजय भण्डारीको अध्यक्षमा उम्मेदवारी परेको छ गएको प्रदेश तथा संघिय निवार्चनमा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी बर्तमान कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जिवन बहादुर शाहीबाट पराजीत उम्मेदवार हुँन् ।
यता नेकपा एमालेबाट गएको स्थानीय निवार्चन २०७४ मा सोही गाउँपालिकाका बर्तमान अध्यक्ष पदम बहादुर लामाबाट पराजीत उम्मेदवार महेन्द्र बहादुर शाही अबिरामले उम्मेदवारी दर्ता गराएका छन् गएको निवार्चनमा शाह िमाओबादी केन्द्रबाट चुनाब लडेका थिए भने यतीबेला उनि नेकपा एमालेमा प्रबेश गरे पछि एमालेले उनलाई नैउम्मेदवार बनाएको छ । बर्तमान अध्यक्ष लामाबाट झिनो मतान्तरले पराजित भएका थिए ।
एमालेबाट छुट्टीएर गएको एकिकृत समाजबादी पाटीका उपाध्यक्ष तिर्थराज रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् भने सिमकोट कै नन्दबहादुर शाहीले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवार िदर्ता गराएका छन् ।
गएको निवार्चन २०७४ मा नेकपा माओबादी केन्द्रका बली रावतले स्वतन्त्र उम्मेदवारी दिई १३ सय ७५ मत प्राप्त गरी यतीबेला उपाध्यक्षको उम्मेदवारी दर्ता गराएकी सुसिला रोकायालाई पराजित गरेका थिए भने अहिले पनि गठबन्धनले उनलाई नै उम्मेदवार बनाएको छ । एमालेबाट उपाध्यक्षमा प्रतिमा लामा, नेकपा एकीकृत समाजवादीबाट गएको निवार्चनमा नेपाली कांग्रेशकी सुसिला रोकाया सँगै पराजीत भएकी तत्काली नेकपा एमालेबाट उपाध्यक्षमा लडेकी तथा हाल एकिकृत समाजबादीबाट प्रेमा लामाको उम्मेदवारी परेको छ । गएको निवार्चनमा उनले नेकपा एमालेबाट चुनाब लडेकी थिईन् । यस्तै उपाध्यक्षमा दीपबहादुर सिंहले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यतिबेला उक्त गाउँपालिकामा ६६३६ मतदाता रहेको छ ।
खार्पुनाथ गाउँपालिका
खार्पुनाथ गाउँपालिकामा पनि पाँच दलिय गठबन्धनले नेपाली कांग्रेशलाई भाग दिएको छ उक्त गाउँपालिका गएको स्थानीय निवार्चनमा पनि नेपाली कांग्रेशले बिजय हाँसील गरेको थियो भने उक्त गाउँपालिका बर्तमान कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जिवन बहादुर शाहीको जन्म स्थान पनि हो । कांग्रेसका तर्फबाट अध्यक्षमा बर्तमान अध्यक्ष कर्णबहादुर रावललाई नै उम्मेदवार बनाएको छ गएको निवार्चनमा उनले ४७ सय २० मतदाता भएको समयमा माओबादी केन्द्रका सजक रावलबाट ११ सय १० मत प्राप्त गरी जित हाँसिल गरेका थिए । यतीबेला उनको प्रतिस्पर्धीमा नेकपा एमालेबाट गाउँ कमिटिका अध्यक्ष प्रकास बहादुर शाहीको उम्मेदवारी परेको छ भने माओबादी केन्द्रकी लक्ष्मीकुमारी योगी र स्वतन्त्रबाट बिरजंग शाहीको पनि उम्मेदवारी परेको छ । यता उपाध्यक्षमा भने नौ जनाको उम्मेदवारी परेको छ । अं बहादुर शाही,सजक रावल,शक्तिीसिंह ऐडी,अप्सरा हमाल,चन्द्र बहादुर बुढा लगायत नौ जनाले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गएको निवार्चनमा उपाध्यक्ष पनि नेपाली कांग्रेशकी सिन्दु हमालले १०१८ मत प्राप्त गरी बिजयी भएकी थिईन् उनको जिप दर्घटनामा परि मृत्यु भए पनि भएको उपनिवार्चनमा एमाले र माओबादी एकै पाटी नेकपा भएको अबस्थामा एमालेकी रुपा शाहीले जित हाँसिल गरेकी थिईन् । यतिबेला यस गाउँपालिकामा ४०४७ मतदाता रहेको छ ।
नाम्खा गाउँपालिका
नाम्खा गाउँपालिकामा पनि ४ जना अध्यक्ष र ५ जनाले उपाध्यक्षमा मनोनयन दर्ता गरेता पनि २ जना अध्यक्ष र २ जना मात्र उपाध्यक्षको चुनाबी मैदानमा रहेका छन् यस अघि माओबादीि केन्द्रका बिष्नु लामाले ८३३ र उपाध्यक्षमा पेमा तामाङ्ले ७०४ मत प्रापत गरी बिजय भएका थिए । यती बेला ५ दलीय गठबन्धनका कारण पुराना उम्मेदवारहरु ब्याक भएर गठबन्धनबाट माओबादी केन्द्रका प्रेमा लामा अध्यक्षमा र नेपाली काँक्रेशका टसी लामा उपाध्यक्षका उम्मेदवार रहेका छ् भने यता सुर्य लामाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् यता नेकपा ऐमालेले आफु कमजोर भएको महसुस गर्दै अध्यक्षको उम्मेदवारी नदिएर उपाध्यक्षमा नरजन तामाङ्लाई अगाडि बढाएको छ । ३१८२ मतदाता रहेको नाम्खा गाउँपालिकामा पनि यती बेला कडा प्रतिस्प्रधा देखीन्छ ।
सर्केगाड गाउँपालिका
गएको निर्वाचनमा सर्केगाड गाउँपालिकामा नेकपा एमाले र माओबादी केन्द्रको गठबन्धन गरी माओबादी केन्द्रका कृष्ण रोकाया अध्यक्षमा र एमालेबाट जोसी धामी उपाध्यक्षमा निवार्चित भएका थिए भने यती बेला पनि अन्य ५ दलिय गठबन्धन र नेकपा एमाले बिचको प्रतिस्प्रधा हुँने भएको छ । जिल्लाका ठुला नेताहरु मध्ये नेपाली काँग्रेशका चक्र बहादुर शाही,रिता शाही,ठान बहादुर रोकाया,मंगल शाही लगायतका नेताहरु,नेकपा एमालेका प्रदेस सांसद तथा पुर्व सामाजिक बिकास मन्त्री दल रावल र माओबादी केन्द्रका(हाल नेकपा माओबादी केन्द्र समाजबादी)का कर्णजित बुढाथोकी सोही गाउँपालिका नेताहरु हुँन् उक्त गाउँपालिकामा पनि उम्मेदवाको जितहार भन्दा पनि अस्तत्विको लडाई हुँने देखीएको छ ।
यतीबेला सर्केगाड गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेशका नेता ठान बहादुर रोकाया अध्यक्षमा र माओबादी केन्द्रका चन्द्रसिंह कार्की मुक्ती उपाध्यक्ष पदका उम्मेदवार रहेका छन् । भने नेकपा एमालेबाट ज्ञामी बुमी अध्यक्षमा र उपाध्यक्षमा जुकुरा फडेरा बिच कडा प्रतिस्प्रधा हुँने भएको छ । ६६८० मतदाता भएको उक्त गाउँपालिकामा यस अघिको निर्वाचनमा नेपाली काँग्रेशका मंगल शाहीबाट झिनो मतान्तरले १९२० मत प्राप्त गरी माओबादी केन्द्रका कृष्ण रोकाया बिजयी भएका थिए । भने उपाध्यक्षमा १८४५ मत प्राप्त गरी नेकपा एमालेका(हाल समाजबादी)का जोसी धामी बिजयी भएका थिए । यतीबेला सर्केगाड गाउँपालिकामा रंगमल रोकयाले पनि गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाबी मैदानमा रहेका छन् । यस अघि बैशाख १२ गते सर्केगाड गाउँपालिकामा ६ जनाले अध्यक्षमा र ७ जनाले उपाध्यक्षमा मनोनयन दर्ता गरए पनि सबैले फिर्ता गरे पछि अन्तीममा ३ जना अध्यक्षमा र २ जना उपाध्यक्षको लागि चुनाबी मैदानमा रहेका छन् ।
चंखेली गाउँपालिका
चंखेली गाउँपीकामा गठबन्धन र स्वतन्त्र उम्मेदवार बिच कडा प्रतिस्प्रधा हुँने देखीएको छ । गठबन्धनले उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै नेपाली कांग्रेशलाई भाग नदिए पछि नेपालि काँग्रेशकै चर्चित नेता प्यारीलाल शाहीले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका छन् । । यस अघि बैशाख १२ गते चंखेली गाउँपालिका ५ जना अध्यक्ष र ४ जना उपाध्यक्षले मनोनयन दर्ता गराए पनि ३ जना अध्यक्षमा र ३ जना उपाध्यक्षका उम्मेदवारहरु चुनाबी मैदानमा रहेका छन् ।
यस अघिको निर्वाचन २०७४ मा नेकपा एमाले र माओबदी केन्द्रले गठबन्धन गरी नेपाली काँग्रेशबाट १२२४ मत प्राप्त गरी माओबादी केन्द्रका धनलाल चौलागाई अध्यक्षमा र नेकपा एमालेबाट बिमला कुमार िशाहीले १०२३ मत प्राप्त गरी बिजयी भएका थिए भने यती बेला यस अघि उपाध्यक्ष भएकी बिमला कुमारी शाहीलाई अध्यक्ष र उपाध्यक्षमा हंस ऐडीलाई उम्मेदवार बनाएर चुनाबी मैदानमा रहेका छन् । गठबन्धनको निर्णय अनुसार माओबादी केन्द्रका गोबीन्द बहादुर शाही अध्यक्षका उम्मेदवार रहेका छन् भने नेपाली कांग्रेशकी मैना बुढा उपाध्यक्षका उम्मेदवार रहेका छन् । यसै गरी स्वतन्त्रबाट नेपाली काँग्रेशका प्यारीलाल शाही अध्यक्षमा र उपाध्यक्षमा भैरब बहादुर तामाङ चुाबी मैदानमा रहेका छन् यहाँ पनि कडा प्रतिस्प्रधा रहेको देखीन्छ यतीबेला चंखेली गाउँपालिकामा ३५४८ मतदाता रहेका छन् ।
अदानचुली गाउँपालिका
जिल्लाका ७ वटा गाउँपालिका मध्ये नेकपा एमालेले गएको निवार्चनमा अदानचुली गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित ३ वडाहरु सेट सहित बिजयी भएको उक्त गाउँपलिकामा यतीबेला ४ जना अध्यक्षमा र ५ जनाको उपाध्यक्षमा उम्मेदवारी परेको छ ।
गठबन्धनबाट नेपाली कांग्रेशका जिल्ला सभापति मोहन बिक्रम सिंह र उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका प्रदेस कमिटि सदस्य कर्ण रोकाया सुधारको उम्मेदवारी परेको छ । गएको निवार्चन २०७४ मा नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेराले नेकपा माओबादी केन्द्रका दलु फडेरा सञ्जयबाट ८५ मतको फरकले बिजयी भएका थिए । यती बेला पनि उनै केन्दीय सदस्य फडेरा नै चुनाबी मैदानमा होमीएका छन् । अघिल्लो निवार्चनमा नेकपा एमाले,माओबादी केन्द्र र नेपाली कांग्रेशले बिना तालमेस चुनाबी मैदानमा थिए भने यती बेला गठबन्धन र एमाले बिच प्रतिस्प्रधा हुँने भएको छ ।
कांग्रेशका जिल्ला सभापति नै गाउँपालिकामा चुनाब लड्न आए पछि हामी तलका कार्यकर्तालाई मर्का परेको भन्दै नेपाली कांग्रेशका नेता तथा गएको निवार्चनमा नेपाली कांग्रेशबाट गाउँपालिकाको अध्यक्षमा करिब ७ सय मत प्राप्त गरी पराजय भएका लोकेन्द्र भण्डारीले एमालेको साथ लिएर उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छन् एमालेले उपाध्यक्ष अर्को उम्मेदवार खडा नगरी नेता भण्डारीलाई नै उपाध्यक्षको उम्मेदवार बनाएको छ एकै दलबाट चुनाब लड्दा उपाध्यक्षमा महिला हुँनु पर्ने भएकाले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् संबिधान र कानुनले मिल्ने भए एमालेको सुर्य चिन्हबाटै एमाले भएरै लड्ने बताएका भण्डारीले आफ्नै सभापति मोहनबिक्रम सिंहलाई हराउनको लागि लागि रहेका छन् ।
उता माओबादी केन्द्र पनि आफ्नै मतले एकल जित्ने दाउमा रहे पनि गठबन्धनले गाउँपालिकामा आफ्नो पाटीको भाग नपरेको भन्दै जिल्लामा गाउँ कमिटिका अध्यक्ष हरीदल पुनको नाम फिक्स गरेको थियो तर पनि सिमकोटबाट गाउँ पुग्दा बित्तीकै नेता पुनको टिकटमा उपाध्यक्षमा कर्ण राकाया सुधारले उम्मेदवारी दर्ता गराएका छन् ।
उता समाजबादीले भने गठबन्दनबाट उपाध्यक्ष आफ्नो भागमा परेको तर नेपाली कांग्रेस र माओबादी केन्द्रले पेलेर लगेको भन्दै आफ्नो पाटी छुट्टै लड्ने भन्दै अध्यक्षमा गोरख थापा र उपाध्यक्षमा पबित्रा देबकोट सहित सबै वडाका वडा अध्यक्ष लगायतका पदाधीकारीको मनोनय दर्ता गराए पनि अन्ततः जठबन्धनको निर्देशन अनुसार वडा नम्बर २ र५ मा वडा अध्यक्ष छोडेपछी उनीहरु दुबै जनाले उम्मेदवारी फिर्ता गरेका छन् । भने नेकपा बिप्लबका खड्क सिंहले पनि स्वतन्त्र रुपमा र उपाध्यक्षमा भने नेकपा माओबादी केन्द्र समाजबादीकी धनकौरा रावलले स्वतन्त्र उम्मेदवारी दिएर चुनाबी मैदानमा उत्रीएकी छन् ।
यता नेकपा एमाले प्रदेश कमिटिले अध्यक्षको टिकट अदानचुली गाउँ कमिटिका अध्यक्ष बुधे भण्डारीलाई दिए पनि एकै रातमा उक्त टिकट बर्तमान गाउँपालिकाका अध्यक्ष दल फडेरालाई दिएका छन् । अघिल्लो दिन सम्म आफुले टिकट नपाए गाउँ कमिटिको अध्यक्षबाट राजीनामा दिने भन्दै हिडेका बुध भण्डारीले भने आफुले पाएको टिकट रातै भित्र फडेरालाई बुझाएका छन् । आफु जित्न नसक्ने भएकाले उक्त टिकट फडेरालाई दिएर लड्ने सहमती भएको बताए ।
ताँजाकोट गाउँपालिका
जिल्लाको तल्लो क्षेत्रमा रहेका ताँजाँकोट गाउँपालिकामा पनि ८ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका पनि अन्ततः ४ जनाको अध्यक्षमा र ३ जनाको उपाध्यक्षमा उम्मेदवारी परे पनि माओबादी केन्द्रकै अर्जुन बुढा र अकबिर खड्काले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन् अध्यक्षको उम्मेदवारी दिएका अकबिर खड्काले गठबन्धनका उम्मेदवार लालकेश जैसीलाई एक लाखको माला लगाएर आफ्नो उम्मेदवार निष्कृय पारेको घोषणा गरेका छन् भने अब २ जना मात्र अध्यक्षका उम्मेदवार चुनाबी मैदानमा रहेका छन् ।
यस अघि पनि नेकपा माओबादी केन्द्रका बागदल मल्लले नेकपा एमालेका पुर्ण प्रशाद ढकाललाई हराउँदै १३६९ मत प्राप्त गरी अध्यक्षमा र १२९१ मत प्राप्त गरी माओबादी केन्द्रकै मञ्जु बुढा उपाध्यक्षमा बिजयी भएकी थिईन् । यतीबेला पनि गठबन्धनका साझा उम्मेदवारका रुपमा अध्यक्षमा लालकेश जैसी र उपाध्यक्षमा नेपाली काँग्रेशका सुरेन्द्र थापा चुनाबी मैदानमा रहेका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेशका तिलक बहादुर शाही र समाजबादीबाट सम्पती शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरी चुनाबी मैदानमा रहेका छन् । यस्तै नेकपा एमालेबाट अजमल बुढा र उपाध्यक्षमा एमालेकै रुपचन्द्रा ऐडी चुनाबी मैदानमा रहेका छन् ।