जिल्लामा गठबन्दनले गरेको निर्णय चित्त नबुझे पछि गठबन्धनकै उम्मेदवार बिरुद्ध बागी उठेका चंखेली गाउँपालिकाका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही भारी मतान्तरले बिजयी भएका छन् ।
बैशाख ३० गते सम्पन्न निर्वाचनमा महाँदेब माध्यामीक बिद्यालय मतदान केन्द्रमा बिबाद भई कम मात्रामा मत खस पछि जेष्ठ ४ गते सम्पन्न पुन मतदानको आज बिहान मतपरिण सार्बजनिक भए पछि स्वतन्त्र उम्मेदवार शाहीले उनका निकटतम् प्रतिस्प्रधी तथा गठबन्दनका साझा उम्मेदवार गोबीन्द बहादुर शाहीलाई ५२३ मतले पछि पार्दै बिजयी भएका हुँन् ।
स्वतन्त्र उम्मेदवार शाहीले १६९५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका गोविन्दबहादुरले ११७१ मत पाएका हुँन् ।
यो पालिकामा माओवादी केन्द्र र कांगेसबीच तालमेल थियो । कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई एमाले, एकीकृत समाजवादीले समर्थन गरेका थिए ।
उपाध्यक्षमा भने एकीकृत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छन् । १९९ मतातन्तरले शाही विजयी भएकी हुन् । उनले १३७२ मत ल्याएकी छन् भने कांग्रेसकी मैना बुढाले ११७३ मत पाएकी छन्
यसै गरी वडा अध्यक्षहरुमा पनि ३ वडामा स्वतन्त्र उम्मेदवार पदम बहादुर शाही(स्वतन्त्र)२१६ वडा नम्बर ४, हर्कदन तामाङ(स्वतन्त्र)९५ वडा नम्बर ५, र जयबहादुर सिरा(स्वतन्त्र)२०८ वडा नम्बर ६ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
अन्य ३ वडामा भने तिनै पाटीले एक एक वडा अध्यक्ष निर्वाचित भएका छन् गोबिन्द बोहरा(नेकपा एमाले)१६९ वडा नम्बर १, बिर्ख ब सिंह(नेपाली काँग्रेश)४०४ वडा नम्बर २ र भारमल बुढा(माओबादी केन्द्र)२५८ वडा नम्बर ३ को वडा अध्यक्षमा निर्वाचित भएका हुँन् ।