सिमकोट । सिमकोट गाउँपालिकाले जिल्लामै पहिलो पटक प्रमुख प्रशासकिय अधिकृत र गाउँपालिकाका सबै शाखाहरुसँग कार्य सम्पादन संझौता गरेको छ ।
वार्षिक रुपमा गाउँपालिकाले गर्ने नियमित काम, प्रशासकीय काम, नीति निर्माण, अनुगमन तथा मूल्यांकन र भ्रष्टाचार नियन्त्रण जस्ता कार्यलाई समेटेर गाउँपालिकाका अध्यक्ष बीजय भण्डारी र निमित्त प्रमुख प्रशासकीय अधिकृतबीच वार्षिक कार्य सम्पादन संझौता गरिएको हो ।
“गएको साउन ९ गते गाउँपालिकाको कार्यालय सिमकोट माथिल्लो बजारमा कार्यकारी अधिकृतसँग कार्य सम्पादन सम्झौता भएको छ,” अध्यक्ष भण्डारीले नेपालवोटसँग भने, “गाउँपालिकाको नियमति काम र भ्रष्टाचारको सुन्यसहनसिलता अपनाउने, सुन्य बेरुजो, पालिकाका सबै सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रदान गर्ने लक्ष्यका साथ हाम्रो कार्य सम्पादन सम्झौता भएको हो ।”
संझौतामा कार्यकारी अधिकृतले गाउँपालिकाको विकासको प्रगती र अवस्थाका बारेमा मासिक, चौमासिक र वार्षिक प्रगती प्रतिवेदन गाउँपालिकाका अध्यक्षमार्फत गाउँपालिकामा पेश गर्ने, पालिकाको वित्तिय शुसाशन कायम गर्न प्रचलित आर्थिक/वित्तिय एवम् सार्वजनिक खरिद ऐन, नियम, कार्यविधि पुर्ण रुपमा कार्यान्वयन गर्दै सबै काम शुत्र प्रर्णालीबाट काम गर्ने उल्लेख गरिएको छ । यसैगरी कार्यकारी अधिकृतले गाउँपालिकालाई आवश्यक कानून, कार्यविधि तर्जुमालाई प्राथमिकता दिने, म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने नीति अबलम्बन गर्दै पालिकामा ‘सुन्य बेरुजु’ को नारा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिइएको पालिका अध्यक्ष भण्डारीले बताए ।
पालिकाको राजनीतिक नेतृत्व र प्रशानिक नेतृत्वबीच भएको कार्यसम्पादन संझौतमा पालितको तत्थ्यांक र अभिलेख व्यवस्थापन गर्दै अभिलेख गर्ने कार्यलाई प्राथमिकता दिने, सार्वजनिक जवाफदेहिता प्रवद्र्धनका लागि सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण तथा सामाजिक परिक्षण जस्ता क्रियाकलापहरुको कार्यान्वयन गर्ने सहमती भएको छ ।
संझौताले गाउँपालिकाको नियमित प्रगतीको मापन गर्ने उल्लेख गरेका अध्यक्ष भण्डारीले पाँच वर्षको अवधीमा आफूले लिएको विकासको लक्ष्यलाई प्राप्त गर्न टेवा पुर¥याउने विश्वाश व्यक्त गरे ।
शाखासँग अधिकृतले संझौता गर्ने
पलिकाका अध्यक्ष र उपाध्यक्षसँग वार्षिक कार्य सम्पादन संझौता गरेका सिमकोट गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले पालिकाको कामलाई थप प्रभावकारी बनाउन पालिकाका प्रत्येक शाखासँग समेत बेग्ला बेग्लै कार्य सम्पादन संझौता गर्ने भएका छन् ।
पालिकाका अध्यक्षसँग लिएको विकासको लक्ष्य प्राप्त गर्न योजना शाखा, शिक्षा, सामाजिक विकास शाखा लगायतका सबै शाखासँग संझौता गर्ने लागेको कार्यकारी अधिकृत रोकायाले जानकारी दिए ।
‘अध्यक्ष ज्यूसँग संझौता भए लगत्तै पश्चात गाउँपालिकाका सबै शाखासगँ संझौताको तयारी गरिएका छौं, कार्यकारी अधिकृत रोकायाले भने, तत्काल केहि शाखासँग संझौता भैसकेको छ बाँकी शाखाहरुसँग यहि (साउन) महिना भित्रमा संझौता गरेर सकाउने योजना छ ।’