सिमकोट । खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ र ४ को वडा सिफारिस नआएपछि मालिका माध्यमिक विद्यालय र मान्धारा माध्यमिक विद्यालयको मतदान केन्द्र छुट्याउने जिल्लाको निर्णय कार्यान्वयनमा समस्या आएको छ ।
निर्वाचन आयोगको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्याविधि २०७७ को दफा ७ अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गएको साउन १७ गते बसेको बैठकले गरेको निर्णय गरेपनि खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ र ५ ले मतदाताको बर्गिकरण सहितका सूचि अहिलेसम्म नपठाएपछि यस्तो समस्या आएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।
कार्याविधिअनुसार मतदाताको घरबाट मतदान स्थल ४ कलिोमिटर भन्दा बढिको भौगोलिक दूरीमा भए, एकै मतदान केन्द्रमा एक हजार भन्दा बढि मतदाताको संख्या भएपछि मतदान स्थल र केन्द्र छुट्याउन सकिने व्यवस्था अनुसार सिफारिस समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अकिकारी सिता परियारको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो । उक्त निर्णय अनुसार खार्पुनाथका दुई वडाले सिफारिस नपठाएपछि निर्णय कार्यान्वयनमा समस्या हुने भएको निर्वाचन कार्यालय हुम्लामा निमित्त प्रमुख श्याम रानाले जानकारी दिए ।
गएको १७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयको मतदान केन्द्रबाट प्युसको कैलास आधारभूत विद्यालयमा र मान्धारा माध्यमिक विद्यालयको मतदतान केन्द्रबाट ताक्ला र बाम्टाका लागि बाग्यश्वरी आधारभूत विद्यालय ताक्लामा मतदान स्थल छुट्याउने निर्णय भएपनि नेपाली कांग्रेसको लिखित रुपमै फरक मत रादखेपछि त्यहाँको मतदान स्थल छुट्टीने नछुट्टीने बारेमा अन्इौल भएको हो । सिफारिस समितिको बैठकको निर्णय अनुसार जिल्लाका विभिन्न मतदान स्थलको सिफारिसका लागि निर्वाचन आयोगले आज २१ गते मतदाता संख्या सहितको सिफारिस मागेको दावी गरेको निर्वाचन कार्यालयले खार्पुनाथबाट पत्र नआएपछि त्यसको अन्तिम निर्णय आयोगकै रहने बताएको छ । यद्यपी निर्वाचन आयोगको मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्याविधिमा मतदान स्थल र मतदान केन्द्र छुट्याउने सम्बन्धी मापदण्डमा सिफारिस समितिको निर्णयमा वडाको सिफारिस आवश्यन पर्नेबारेमा उल्लेख गरेको छैन् ।
बैठकमा जिल्लाका सबै राजनीतिक दलहरुले खार्पुनाथको मान्धारा माध्यमिक विद्यालय मतदान स्थलबाट ताक्ला र बाम्टाको बाग्यश्वरी आधारभूत विद्यालय, मालिका माध्यमिक विद्यालय मतदान स्थलबाट प्युसका लागि कैलास आधारभूत विद्यालयमा मतदान स्थल कायम गर्न सहमत भएपनि नेपाली कांग्रेसले निर्णय पुस्तीकामै लिखित रुपमा असहमती जनाएपछि निर्वाचन कार्यालयले वडाको सिफारस आवश्यक पर्ने सर्त अघि सारेको थियो ।
नेपाली कांग्रेसले निर्णइमा लिखित असहमती जनाएको र खार्पुनाथका दुवै वडामा नेपाली कांग्रेसकै वडा अध्यक्ष निर्वाचित भएकाले पनि मतदाता वर्गिकरणको सिफारिस नआएको आँकलन निर्वाचन कार्यालयले गरेको छ ।