चैत्र ४, सिराहा । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम यस अघि रहेको (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन गरी ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।
बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ । उसले स्वतन्त्र मधेसका साथै जनमत संग्रहको माग समेत परित्याग गरेको छ । लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति समेत निर्माण गरेको छ । पार्टीको अध्यक्षमा डा। सिके राउत रहेका छन्
को को परे केन्द्रय सदस्यमा
१.सप्तरीका सुरेन्द्र शर्मा
२. वविता इसर
३.महोत्तरीका कैलाश महतो, संजय यादव र चन्दन सिंह
४.सिरहाका राजकुमार यादव र सतिला यादव
५.बर्दियाका अब्दुल खान
६ झापाकी कौशिला महतो
७. मोरंगका परमेश्वर मुर्मु,
८.सुनसरीका सीताराम पण्डित,
९.धनुषाका इन्द्रजीत यादव,
१०.सर्लाहीका नरेश कुसवाहा,
११.रौतहटका बिरेन्द्र साह
१३. बाराका दिनेश यादव
१४.पर्साका सञ्जय साह,
१५.नवलपरासीका ध्रुब गौड र दुर्गा चौहान,
१६. रुपन्देहीका भोपेन्द्र यादव,
१७.कपिवस्तुका हरिकुला खान,
१७.दांगका राधा यादव,
१८.बाँकेका इरफान अहम शेख,
१९.कैलालीका महेन्द्रप्रसाद चौधरी र सुनसरीका आशा मेहता छन् ।
बैठकले बाँकी १० जना सदस्यमध्ये दलित जनजाती अल्पसंख्यक सहितको प्रतिनिधित्व हुनेगरी मनोनयन गर्ने जिम्मेवारी राउतलाई नै जिम्मेवारी दिएको छ ।
परिवर्तित पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचमासेतो स्ट्रीपमा रातो रंगको अष्टदल राखिनेछ । उक्त पार्टीको चुनाव चिन्ह पनि अष्टदल नै राखिने निर्णय गरिएको छ । पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि गरिएको छ ।