सिमकोट । सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारीले पालिकाका नागरिकले उठाएको करबाट पालिकाको प्रशासकीय भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गएको आर्थिक वर्ष २०७८। ०७९ को वर्ष भरी भएका कामहरुको सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न निकायबाट आएका जिज्ञासको जवाफ दिने क्रममा अध्यक्ष भण्डारीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
“जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका अहिलेपनि ऐलानी भवनमा आप्mनो प्रशासकीय काम सञ्चालन गरिरहेको छ”, अध्यक्ष भण्डारीले भने, “सिमकोट गाउँपालकाका सम्पूर्ण दाजुभाई दिदिबहिनीहरुले सरकारले तय गरेको वैधानिक करका दायरामा आएर तिरेको करले हामी आप्mनै प्रशासकीय भवन बनाउने प्रतिवद्धता व्यक्त गछौं ।”
“एकले थुकी सुकी सयले थुकी नदि भन्ने उखान झैं तपाईहरुले तिर्ने ५०। १०० रुपैयाँ सम्म नियमित तिर्नुभयो भने जिल्लाका सातवटै गाउँपालिकाका वासिन्दा रहेको हाम्रो गाउँपालिकाको आप्mनै घर हुने अवस्था आउँछ” भण्डारीले थपे, “सिमकोट गाउँपालिकालाई आप्mनै भवनमा कार्यालय सञ्चालनका लागि यस वर्ष जग्ग खरिद गरेर भवन निर्माणको काम हामी थालनी गर्नेछौं ।”
सिमकोटका आठवटै वडाका नागरिकले आफूलाई समृद्ध सिमकोट निर्माणको जिम्मेवारी दिएको बताएका अध्यक्ष भण्डारीले गाउँपालिकाले गर्ने हरेक कामको जानकारी दिदैं पालिको नागरिकको सूचनाको हकको प्रत्याभूति गराउने प्रतिवद्धता व्यक्त गरे ।
बिहान मात्रै घरको फोहोर निकाल्न आग्रह
सिमकोट बजारको फोहोर व्यवस्थापनलाई दोस्रो चुनौतीका रुपमा लिएका सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले सिमकोटका घरहरुबाट निस्कीने फोहोर पालिकाले नैं उठाउने बताएका छन् । केहि समय अघि साताको दुई पटक फोहोर उठाउन प्रतिवद्धता व्यक्त गरेका अध्यक्ष भण्डारीले सिमकोट बजार क्षेत्रका नागरिकलाई पालिकाले फोहोर उठाउने दिनको बिहान मात्रै फोहोरलाई घरबाट निकाल्न आग्रह गरे ।
“सिमकोटको फोहोर व्यवस्थापन समस्या समाधानका लागि डम्पीङ साइटको व्यवस्थापन र बजारको फोहोर पालिकाले नैं उठाउने कुरा यहाँहरुलाई विश्वस्त दिलाउन चाहन्छु तर घरबाट निस्कने फोहोर तपाईहरुले हरेक साताको मंगलबार र शुक्रबार हामीले फोहोर उठाउने व्यवस्था गरेका छौं । त्यसलै उहाँहरुको घरबाट उठ्ने फोहोर मंगलबार र शुक्रबार बिहान मात्रै निकाल्ने व्यवस्था गरिदिनु होला” उनले थपे ।
पाँच लाखमुनिका योजना गदैनौं
साना लागतका योजनाले उपलब्धी नदेखिने भएपनि सिमकोट गाउँपालिकाले पाँच लाख भन्दा कम लागतका योजना नगर्ने भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाको जवालफ दिदैं गाउँपालिका अध्यक्ष बीजय भण्डारीले आफूले कुनै पनि हालतमा पाँच लाख भन्दा कमका योजना नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
चालु आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रममै गाउँ कार्यपालिकाको बैठकबाट पाँच लाखभन्दा मुनिका योजना विनियोजन नगरेको बताएका अध्यक्ष भण्डारीले आगामी दिनहरुमा पनि बाहिर देखिने योजनाहरुको कार्यान्वयमा जोड दिने प्रतिवद्धता व्यक्त गरे ।