सिमकोट । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) हुम्लाले प्रदेश र प्रतिनिधिसभाका लागि २१ जनाको नाम सिफारिस गरेको छ ।
सिमकोटमा जारी प्रदेश समन्वय कमिटी क र ख को एकिकृत बैठकले दुई प्रदेश सभा निर्वाचन क्षेत्र र एक प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि २१ जनाको नाम सिफारिस गरेको हो ।
जिल्लाका स्थानीय तह र जिल्ला समन्वय समितिमा सुन्य मत परिणाम ल्याएको नेकपा (एमाले) ले विभिन्न क्लष्टरमा गरेर २१ जनाको नाम सिफारिस गरेको हो । पार्टीमा उम्मेरदवारका आकांक्षी बढि भएपछि २१ ज्नाको नाम सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रतिनिधि सभाका प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दल रावलको एकल नामा सिफारिस भएको छ । प्रतिनिधि सभा सदस्यको समानुपातितर्फ स्थायी कमिटि सदस्य जिल्ला इन्चार्ज गोरख बोगटी, बिमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर दानी र अजबिर वुढालाई सिफारिस गरेको छ ।
यसैगरी प्रदेश सभाको प्रतक्षतर्फ दल फडेरा र पुर्णप्रशाद ढकाललाई सिफारिस गरेको छ । प्रदेश सभाको समानुपातिकतर्फ सुरेन्द्र कार्की, कलबहादुर हमाल, धञ्ज्य परियार, मञ्जु रावलको नाम सिफारिस गरेको छ ।
बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र (ख)का लागि प्रत्यक्षतर्फ छिमिदोर्जी लामा, कमल वोहोरा, डवल रावत र उत्तम लामालाई सिफारिस गरेको छ । प्रदेश निर्वाचन क्षेत्र (ख)को समानुपाति निर्वाचनतर्फ कर्णाली प्रदेश कमिटी उपसचिव रूपा शाही (पिछडियको क्षेत्र र महिला तर्फ), प्रकाश सुनार (दलिततर्फ), छविचन्द लामा (जनजाति तर्फ) र नोरजाङग तामाङ (जनजातीतर्फ) सिफारिस भएका छन् ।