सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुन प्रदेश सभाका लागि लड्ने टिकट लिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मुख्यमन्त्री शाही सत्ता गठबन्दनका तर्फबाट हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट लड्ने पक्का भएको नेपाली कांग्रेस स्रोतले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेश् सभाको निर्वाचनको मनोनयन गर्न २ दिन अघि आज बिहानै देखि सत्ता गठबन्दनको टिकट वितरण बैठक वालुवाटारमा जारी रहेका बेला गठबन्दनका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रको जिल्लाको सहमतीमा शाही प्रदेश सभाको निर्वाचन लड्ने भएका हुन् । आन्तरिक सहमतीमा प्रदेश सभा दुई क्षेत्रमा नेपाली कांग्रेस र प्रतिनिधिसभामा माओवादी केन्द्रलाई टिकट दिने भन्ने सहमती अनुसार नैं केन्द्रको कार्यदलले अन्तिम निर्णय गर्छ होला मुख्यमन्त्री शाहीले भने, ‘मनोनयका लागि म जिल्ला जाने अन्तिम तयारीमा छु ।’
‘व्यक्तिगत जीवनको फाइदाका लागि मैले संघमा लड्दा पनि हुन्थ्यो’, मुख्यमन्त्री शाहीले थपे ‘पाँच वर्षे कार्यकालको अन्तिममा प्रदेशको नेतृत्व गरिरहँदा प्रदेश समृद्धीका थुप्रै काम बाँक छन् ति कामलाई पुरा गर्नका लागि पनि पार्टी र जिल्लाका साथीहरु (गठबन्दनसहित)सँगको सल्लाहमा मैले फेरी पनि प्रदेशकै निर्वाचन लड्ने निष्कर्षमा पुगेको हुँ ।’
प्रदेश (ख) मा मुख्यमन्त्री शाही आफै उम्मेरदवार बन्ने निश्चित भएपनि (क) मा को उम्मेरदवार बन्ने भन्नेमा अँझै निर्णय भएको छैन् । जिल्ला पार्टीले पुर्व सांसद रिता शाही र पुर्व सभापति मंगलबहादुर शाहीको नाम सिफारिस गरेपनि को लड्ने भन्ने बारेमा टुंगो केन्द्रले लगाए अनुशार हुनेछ ।
माओवादी बेखबर
सत्ता गठबन्दन भित्र प्रदेश सभाका दुई निर्वाचन क्षेत्र नेपाली कांग्रेस र प्रतिनिधिसभाको एक क्षेत्र माओवादी केन्द्रका नाममा सहमती भएको बारेमा स्वयम् माओवादी केन्द्र हुम्लाका नेताहरुले आफूलाई खबर नभएको प्रतिक्रिया दिएका छन् ।
शुरुदेखि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्र (क) आफूले पाउनु पर्ने दावी गर्दै आएको माअोवादी हुम्लाका नेता पुर्वमन्त्री छिरिङम्डोल लामा (कार्चेन)ले बताए । ‘आप्mनो हामी पहिलोको मागबाट पछि हटेका छैनौं र हट्ने कुरामा पनि साथीहरु बीच छलफल भएको छैन्’ उनले भने केन्द्रका नेताहरुले प्रदेश इन्चार्ज कालीबहादुर मल्लबाट जानकारी आउँछ तपाईहरु जिल्ला जानुहोस् भन्ने निर्देशन आएपछि हामी जिल्ला फर्केने तयारीमा छौं ।’
पार्टीको निर्देशन अनुसार आफू नेपालगञ्ज जाने तयारीमा रहेको बताएका लामाले केन्द्रको निर्णय पश्चात कसरी जाने भन्ने बारेमा जिल्ला पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने प्रतिक्रिया दिए ।
प्रदेश (क) नपाए समाजवादीले एकल उम्मेरदारी दिने
सत्ता गठबन्दनका तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क) मा आफूले टिकट नपाए गठबन्दनको अर्को घटक नेकपा एकिकृत समाजवादीले पार्टीको तर्फबाट उम्मेरदवारी दिने बताएको छ ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका साथ वटै गाउँपालिकामा गठबन्दनका तर्फबाट टिकटमा बहिष्करण परेका कारण पनि मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश निर्वाचन क्षेत्र (क) मा आप्mनो दावी रहेको बताएका एकिकृत समाजवादीका केन्द्रीय सदस्य हस्बहादुर शाहीले कुनैपनि हालतमा आफूले प्रदेश (क) मा उम्मेरदवार दर्ता गर्ने बताए ।
हामीले पार्टीका तर्फबाट गठबन्दनको बैठकमा बस्ने पार्टी अध्यक्ष र महासचिवलाई प्रदेश (क) नछोड्नु होला भनेका छौं शाहीले भने, ‘यदि सहमती भएन भने हाम्रो पार्टीको तर्फबाट निकटको व्यवस्था गर्नु होला हामी मनोनयन गर्ने अन्तिम तयारीमा छौं ।’
बालुवाटार बैठकमा पार्टी केन्द्रका तर्फबाट कडा दावी प्रस्तुत भएको बताएका शाहीले आफू अनुकूल निर्णय नभए गठबन्दनको झोला नबोक्ने ठोकुवा गरे । शाही समाजवादीको तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क) मा सिफारिस भएका छन् ।