सिमकोट । सत्तारुढ गठबन्दनका तर्फबाट हुम्लामा दुई सिट माअोवदाीको भागमा पारेको छ ।
एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र भएको हुम्लामा प्रतिनिधिसधा सहित प्रदेश निर्वाचन क्षेत्र (क) माओवादी केन्द्रको भागमा परेको छ भने प्रदेश (ख) मै नेपाली कांग्रेसले चित्त बुझाएको छ ।
साँझ अबेर सम्पन्न सत्ता गठबन्दनको भागबण्डामा प्रतिनिधिसभा मात्रै माअोवदाी केन्द्रलाई दिएर प्रदेशका दुवै सिटा कांग्रेसले दावी गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहील्े बताएका थिए । माओवादीको तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क) कुनैपनि हालतमा नछोड्ने अडान राखेपछि अन्ततः गठबन्दनको उच्च तहमा प्रदेश निर्वाचन क्षेत्र (क) र प्रीतनिधिसभा माओवादीको भागमा परेको बताइएको हो ।
दुई सिट भागबण्डमा परेपछि माओवादीले प्रदेश (क) मा कसलाई उम्मेरदवार बनाउने हो भन्नेमा अँझै विवाद कायमै छ । प्रतिनिधिसभाका लागि पुर्वमन्त्री (प्रदेश) छिरिङ दम्डोल लामा (कार्चेन)को नाममा सहमती भएपनि प्रदेशमा कसलाई टिकट दिने भन्नेमा आन्तरिक विवाद रहेको माओवादी स्रोतले जनाएको छ । प्रदेश (क) का लागि वैकल्पीक केन्द्रीय सदस्य रणसिंह परियार र जिल्ला समन्वय कमिटिका संयोजक डा. दिपेन्द्र रोकायाबीच विवाद कायमै छ ।
नेपाली कांग्रेसमा भने प्रदेश (ख) का लागि मुख्यमन्त्री शाही आफै लड्ने भएपछि कुनै विवाद नरहेको बताइएको छ । प्रतिनिधिसभा र प्रदेश (ख) का लागि पार्टी केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री शाहीको एकल सिफारिस भएका कारण को लड्ने भन्नेमा कुनै विवाद नरहेको कांग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहले जानकारी दिए ।
समाजवादीको विरोध कायमै
सत्ता गठबन्दनका तर्फबाट टिकटको टुंगो लगोपनि एकिकृत समाजवादी उच्चस्तरिय निर्णय नमान्ने बताएको छ ।
ग्ठबन्दनमा आफूलाई निमिट्यान्न पार्ने गरेर टिकटको निर्णइ गरेको भन्दै एकिकृत समाजवादीले प्रदेश (क)मा आप्mनो उम्मेरदारी कायम रहने केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हस्तबहादुर शाहीले जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचन देखि हामीलाई (एकिकृत समाजवादीलाई) नजरअञ्दाज गरिदैं आएको छ, यसपटक पनि त्यहि श्रृंखला दोहारियो’, शाहीले नेपालवोटसँग भने, अब हामी गठबन्दनका नाममा झोला बोकेर मात्रै हिड्नुको कुनै तुक छैन् । पार्टीको तर्फबाट एकल रुपमा हाम्रो उम्मेरदारी रहन्छ ।’
पार्टीको केन्द्रीय नेतृत्वलाई पटकपटक सम्झाउँदा पनि गठबन्दनका प्रमुख दल (कांग्रेस र माओवादी) को दम्बका कारण आफ्नो दललाई साइट लगाउने काम भएको केन्द्रीय सदस्य शाहीले बताए ।
‘पार्टीका तर्फबाट गठबन्दनको बैठकमा बस्ने पार्टी अध्यक्ष र महासचिवलाई प्रदेश (क) नछोड्नु होला भनेका थियौ । बैठकमा उहाँहरुले पनि जोडदार माग प्रस्तुत गरेको हामीलाई सूचना छ’, उनले थपे ‘तर प्रमुख दलहरुले एकलौटी आफ्नो भागबण्डा गरे । हामीलाई हुम्लामा कमजोर ठाने । त्यसको परिणाम मंसिर ४ गतेको मतदानले देख्नु हुनेछ ।‘