सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लाबाट विभिन्न दलले १२ जनालाई समानुपातिक सूचिमा नाम समावेशस गरेका छन् ।
निर्वाचन आयोगले आज (आइतबार) बिहान सार्वजनिक गरेको समानुपातिक उम्मेरदवारको सूीचमा हुम्लाबाट १२ जनाको नाम सिफारिस भएको छ ।
आयोगमा ४७ वटा राजनीतिक दलहरुले सिफारिस गरेको ६ हजार ४८० जनाको सूचीमा हुम्लाबाट १२ जनाको नाम परेको छ । तर प्रतिनिधिसभा सदस्इमा कति जनाको नामा पर्ने हो भन्ने अन्योल भने कायमै छ ।
समानुपाति उम्मेरदवारको सूचीमा नेपाली कांग्रेसले पुर्व सभापति तथा जिल्ला नेता जयपति रोकायालाई ८ औं नम्बरमा सिफारिस गरेको छ । खसआर्यका रोकायलाई कांग्रेसले पिछडिएको क्षेत्रबाट एक नम्बरमा सिफारिस गरेको छ । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट एक नम्बरको पार्टीका रुपमा आउन लागेको कांग्रेसबाट रोकाया अन्य कुनै चलखेल नभएको खण्डमा समानुपातिक सांसद बन्ने लगभग निश्चित जस्तै देखिन्छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको समानुपाति सूचीमा स्थायी कमिटि सदस्य तथा जिल्ला इन्चार्ज गोरखबहादुर बोगटीको नाम पनि समावेश छ । एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेरदवारको सूचिको ३१ नम्बरमा समावेश भएको बोगटीको नाम पिछडिएको तर्फबाट पुरुषतर्फ दुई नम्बरमा समावेश छ ।
पिछडिएको क्लष्टरबाट पुरुषतर्फ बाजुराका दयालबहादुर शाहीको नाम समावेश गरेको एमालेले दोस्रोमा बोगटी र तेस्रोमा कालीकोटका प्रेमबहादुर सिंहको नाम समावेश गरेको छ । मंसिर ४ गतेको निर्वाचनमार्फत पार्टीलाई प्राप्त मतका आधारमा पिछडिएको क्ल्ष्टरबाट एमालेले कसलाई प्रतिनिधिसभा सदस्य बनाउने हो केहि टुंगो छैन् ।
सत्ता गठबन्दनको दोस्रो ठूलो दल माओवादी केन्द्रले हुम्लाबाट कसैलाई पनि समानुपातिक सूचीमा नाम समावेश गरेको छैन् । यस्तै एकिकृत समाजवादी पार्टीले पनि हुम्लाबाट कसैको नाम समावेश गरेको छैन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्ष विकासबहादुर महतको नाम समानुपातिक सूचीमा समावेश गरेको छ । पार्टीको तर्फबाट आयोगमा पेश गरेको राप्रपाको समानुपातिक सूचीको ४२ नम्बरमा समावेश भएको हतमको नाम पिछडिएको क्लष्टरबाट पुरुषको दुई नम्बरमा छ ।
एता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि हुम्लाकी कमला बोहरा रावतलाई समानुपातितर्फबो उम्मेरदवार बनाएको छ । उनको नाम मूल सूचीको ६२ नम्बरमा छ भने पिछिडिएको –महिला)मा एक नम्बरमा समावेश छ ।
हुम्लाबाट समानुपाति उम्मेरदवारको सूचिमा जनमत पार्टीले १५ नम्बरमा कालीबहादुर शाहीलाई समावेश गरेको छ । उनको पिछडिएको क्षेत्रमा एक नम्बरमा नाम सिफारिस छ । यसैगरी नेकपा मालेले गोरासिंह बोहरालाई ५ नम्बरमा नाम समावेश गरेको छ भने उनलाई पिछडिएको क्षेत्रबाट एक नम्बरमा राखेको छ ।
आमुलपरिवर्तन मसिहा पार्टीले प्रबचान शाहीलाई १० नम्बरमा, जनता समाजवादी पार्टीले शान्ति शाहीलाई २७ नम्बरमा, सामाजिक एकता पार्टीले मुसी रावतलाई समानुपातिक उम्मेरदवार बनाएका छन् । उनिहरुमध्ये अधिकांशलाई पिछडिएको क्लष्टरबाट उम्मेरदवार बनाइएको छ ।
हुम्लाका नेता तथा संविधान सभा सदस्य कर्णजित बुढाथोकीले नेतृत्व गरेको नेकपा माओवादी समाजवादीले समानुपातिक सूचिमा हुम्लाका तीन जनाको नाम समावेश गरेको छ । उक्त पार्टीले ८ नम्बरमा प्रमोद लामा, १८ नम्बरमा कालीबहादुर रोकाया र ३२ मा मुसी रावतको नाम समानुपातिक उम्मेरदवारको सूचीमा समावेश छ ।
जिल्लाबाट १२ जनाको नाम समानुपातिक सूीचमा सिफारिस भएपनि वास्तवमै सांसदमा को को पर्ने हुन् भन्नेमा कसैले केही भन्न सक्ने अवस्था छैन् । पार्टीले प्राप्त गर्ने देशभरको मतको आधारमा संख्या तय हुने र सोही आधारमा पार्टीले सिफारिस गरेका व्यक्ति समानुपातिकतर्फबाट सांसद हुने भएकाले हुम्लाले कति सांसद पाउँने हो । तत्कालै कसैले भन्न सक्ने अवस्था छैन् ।