सिमकोट । टिकटको अन्तिम निर्णयसम्म काठमाडौंमै रहके हुम्लाका नेताहरुले काठमाडौंबाटै मनोजय दर्ता गराएका छन् ।
गएको पाँच दिनदेखि निरन्तर वर्षाका कारण हवाई जहाज नचलेपछि हुम्लाका अधिकांश उम्मेरदवारले निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट वारिसनामाले मनोनयन दर्ता गराएका हुन् ।
राष्ट्रि सडक सञ्जालमा नजोडिएको नेपालको एक मात्र जिल्लाका रुपमा रहेको हुम्लामा वर्षाका कारण हवाई सेवा सूचारु नभएपछि आयोगको केन्द्रीय कार्यालयमार्फत मनोनय गराएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए ।
‘पार्टीका बैठकका सिलसिलामा एक सातायता काठामडौंमै रहनु परेको र वर्षाले हवाई सेवा सुचारु नहुँदा आयोगको कार्यालयमार्फत जिल्ला निर्वाचन कार्यालयमा वारिसनामा पठाएर मैले प्रदेश निर्वाचन क्षे (ख) मा उम्मेरदारी दर्ता गराएँ, ‘मुख्यमन्त्री शाहीले भने, हुम्ला भौगोलिक रुपमा निकै विकट छ भन्ने महशुस यस्तो महत्वपूण अवस्थामा भनेको समयमा पुग्न नसक्दा हुने गरेको छ ।’
मुख्यमन्त्री शाहीले कान्तीपथ स्थित आयोगको कार्यालयमा पुगेर गठबन्दनका तर्फबाट नेपाली कांग्रेसको आधिकारिक पत्र र पार्टी जिल्ला उपसभापति वसन्त रोकायाको नाममा वारिसनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्ला पठाएर मनोनय पत्र दर्ता गराए ।
मुख्यमन्त्री शाहीसँगै नेपका एमालेका नेता दल रावल, छक्कबहादुर लामा र दल फडेराले पनि आयोगको केन्द्रीय कार्यालयबाट वारिसनामा पठाएर आप्mनो मनोनयन पत्र दर्ता गराएका छन् । एमालेको तर्फबाट प्रतिनिधिसभामा रावल, प्रदेश (ख) मा लामा र प्रदेश (क) मा आफूले मनोनयन पत्र दर्ता गरेको एमाले केन्द्रयि सदस्य दल फडेराले जानकारी दिए । एमालेले रावलको तर्फबाट उनका भाई पुन्दबहादुर रावल, लामाको तर्फबाट प्रकाशबहादुर शाही र फडेराको तर्फबाट गोकुल बुढालाई वारिसनामा पठाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएको छ ।
खराब मौशमका कारण जिल्ला जान नसकेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको निर्वाचन कार्यालयबाटै आफूले मनोनयनका लागि वारिसनामा पठाएको मोअवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उमेरदवार छिरिङदम्डोल लामा (कार्चेन)ले जानकारी दिए । तीन दिनदेखि जिल्ला जान सुर्खेत पुगेको बताएका लामाले हवाई सेवा सुचारु नहुँदा पर्टाीका नेता टाक्पाजिग्मेत लामा (मुस्कान), धर्मराज बोहरा कार्मानाम्ग्याल लामाको नाममा वारिसनामा पठाएर मनोनय दर्ता गरेको बताए । लामासँगै गठबन्दनकातर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क) को टिकट पाएका रणसिंह परियारले पनि सुर्खेत निर्वाचन कार्यालयबाट छवि थापा, जंग बोहराको नाममा वारिसनामा पठाएर मनोनयन दर्ता गराएका छन् ।
जिल्ला जान नसकेपछि हुम्लाका लागि प्रतिनिधि सभामा माओवादी केन्द्र समाजवादीका केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकीले पनि काठमाडौंबाट प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका छन् । बुढाथोकीले पार्टीका जिल्ला अध्यक्ष रंगमल रोकायाको नाममा वारिसनामा दिएर मनोनय दर्ता गरएको जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार एक निर्वाचन क्षेत्र भएको हुम्लामा प्रतिनिधिसभा सदस्यका लागि गठबन्दनबाट माओवादी केन्द्रका छिरिङदम्डोल लामा (कार्चेन), नेकपा (एमाले) दल रावल, माओवादी केन्द्र (समाजवादीबाट कर्णजित बुढाथोकी (सुशिल) र राप्रपाबाट तेजबहादुर रावतसहित चार जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र (क)मा गठबन्दनकातर्फबाट माओवादी केन्द्रका रणसिंह परियार, नेकपा (एमाले)बाट दल फडेरा, एकिकृत समाजवादीबाट हस्तबहादुर शाही, नेपाली कांग्रेसको स्वतन्त्र समुहबाट मंगलबहादुर शाही, माओवादी केन्द्रको स्वतन्त्र समुहबाट धुर्वकुमार शाही र राप्रपाबाट छापे ऐडीले मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख)का लागि गठबन्दनका तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेका निवर्तमान प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा, राप्रपा नेपालबाट सुमन रावत, जनता समाजवादीका वलिराज शाही, राप्रपा नेपालबाट नैनबहादुर रावत र माओवादी केन्द्रको स्वतन्त्रबाट वली रावतले मनोनयन दर्ता गराएका छन् ।