सिमकोट । कर्णाली प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रर्णालीको बन्द सूचीमा हुम्लाबाट २० जनाको नाम समावेश गरिएको छ ।
कर्णाली प्रदेश सभाका लागि विभिन्न २८ वटा राजनीतिक दल/समुहका तर्फबाट निर्वाचन आयोगमा पेश भएको बन्द सूचीमा हुम्लाका विभिन्न २० जनाको नाम समावेश भएको निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीमा उल्लेख छ ।
आइतबार आयोगको वेवसाइटमार्फत सार्वजनिक भएको कर्णाली प्रदेशको बन्द सूचिको विवरण अनुसार ठूला राजनीतिक दल देखि साना राजनीतिक दल/समुहले पेश भएको बन्द सूचीमा हुम्लाबाट लामो समय राजनीतिमा संलग्न नेता देखि नामै नसुनेका व्यक्तिहरुका नामा समावेश भएका छन् ।
कर्णाली प्रदेशका लागि समानुपातिक तर्फ आयोगमा पेश भएका १९४ जनाको सूचि मध्ये नेपाली कांग्रेसले जिल्ला कार्यसमितिका सचिव बीजया बुढा र रामबहादुर टमटाको नाम बन्द सूचीमा समावेश गरेको छ । कांग्रेसले सातौ नम्बरमा सिफारिस गरेकी बुढालाई महिलातर्फ दुई नम्बरमा राखेको छ । जुन प्रदेश सभा सदस्या हुने निकै संभावना देखिन्छ । १६ जना बन्द सूचीमा नाम समावेश गरेको कांग्रेसले अदानचुलीका टमटालाई १४ औं नम्बरमा दलितको तर्फबाट दोस्रो नम्बरमा नाम समावेश गरिएको छ ।
नेकपा एमालेले जिल्ला अध्यक्ष कलबहादुर हमाललाई पनि प्रदेशको बन्द सूचीमा समावेश गरेको छ । एमालेले आयोगमा पेश गरेको बन्दसूचीको आठौं नम्बरमा नाम भएका हमाललाई पिछडिएको क्षेत्र क्लष्टरको एक नम्बरमा नाम समावेश छ ।
उता नेकपा एकिकृत समाजवादीको एक नम्बरमा प्रेमा लामा सिफारिस भएकी छन् । बन्द सूचीको एक नम्बरमा भएकी लामालाई महिला र जनजातीको क्लष्टरबाट पनि एकिकृत समाजवादीले एक नम्बरमै नाम सिफारिस गरेको छ । अन्य कुनै उथलपुथल नभएमा लामाको पनि प्रदेश सभा सदस्य हुने संभावना निकै बलियो देखिएको विष्लेषण गर्न शुरु भएको छ । एकिकृत समाजवादीले १६ औं नम्बरमा रणबहादुर सार्कीलाई दलित क्लष्टरको दुई नम्बरमा नाम सिफारिस गरिएको छ ।
सत्ता गठबन्दन भित्रको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले जुम्कीत लामा कार्कीलाई समानुपातिकको बन्द सूचीमा समावेश गरेको छ । १६ जनाको नाम बन्द सूचीमा पेश गरेको माओवादी केन्द्रले जुम्कीतको नाम १६ औं नम्बरमा समावेश गरेको छ भने महिला क्लष्टरमा आठौं नम्बरमा छ ।
क्मल थापा नेतृत्वको राप्रपा नेपालले हुम्लाबाट तीन जनाको नाम बन्द सूचीमा समावेश गरेको छ । राप्रपा नेपालले चौथो नम्बरमा जनकबहादुर फडेरा, आठौं नम्बरमा प्रतिभा महतारा र ११ औं नम्बरमा कल्पना बुढालाई बन्द सूचीमा पारेको छ । राप्रपा नेपालले फडेरालाई पिछडिएको क्लष्टरबाट एक नम्बरमा राखेको छ । यसैगरी महतारालाई महिला क्लष्टरतर्फ एक नम्बरमा सिफारिस गरेको छ भने बुढालाई पिछडिएको क्लष्टरमा पाँचौं नम्बरमा राखेको छ ।
निर्वाचन आयोगमा पेश भएको बन्दसूचीमा माओवादी समाजावादीले २ नम्बरमा धनमता फडेरा, ३ नम्बरमा डबले बोहोरा, ५ नम्बरमा रत्न बोहोरालाई बन्द सूचीमा नाम समावेश गरेको छ ।
यसैगरी नेकपा समाजवादीले २ नम्बरमा दुर्गा बोहोरा, ३ नम्बरमा हेमन्त रावत गरी दुई जनालाई बन्द सूचीमा पारेको छ । आप्mनो सूचीको ३ नम्बरमा बलराज हमाललाई नेपाली जनता दलले बन्द सूचीमा सिफारिस गरेको छ ।
बन्द सूचीमा तीन जनालाई मात्रै सिफारिस गरेको राष्ट्रिय जनमुक्ती पार्टीले तीनै जना हुम्लाकालाई बन्द सूचीमा सिफारिस गरेको छ । उक्त पार्टीले १ नम्बरमा अक्कबहादुर शाही, २ नम्बरमा मुक्ती बोहोरा र ३ नम्बरमा हिमा लुवारलाई बन्द सूचीमा सिफारिस गरेको छ ।
जनसमाजवादी पार्टीले आप्mनो १ नम्बरमा खड्क सार्कीलाई सिफारिस गरेको छ । पुर्व जिल्ला विकास समितिका सभापती कालीबहादुर शाहीलाई राप्रपाले ५ नम्बरमा सिफारिस गरेको छ ।
बन्द सूचीमा नाम परेको समानुपातिक तर्फबा उम्मेरदवारमध्ये कति प्रदेश सभा सदस्य हुने हुन् भन्ने प्रश्नको उक्त तत्काल कसैसँग पनि छैन् । यद्यपी निर्वाचनको प्रारम्भीक वातावरण हेर्दा नेपाली कांग्रेसबाट बीजया बुढा, नेकपा एकीककृत समाजवादीबाट प्रेमा लामा, नेकपा एमालेबाट कलबहादुर हमाल, राप्रपा नेपालबाट प्रतिभा महताराको नाम कर्णाली प्रदेश सभामा पर्न सक्ने संभावना बढ्दै गएको आँकलन गर्नेको संख्यापनि कमी छैन् । तर देशभरको मत परिणामका आधारमा सम्बन्धित दलले कसलाई सांसदका लागि सिफारिस गर्ने हो सोही अनुसार बन्द सूचीमा परेको उम्मेरदवार प्रदेशको सांसद हुने निश्चित छ ।