सुर्खेत । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले एमालेका उमेद्वारहरूले जित्ने आधार बलियो संगठन रहेको बताए ।
नेकपा एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले संयुक्त रूपमा सुर्खेतमा आयोजना गरेको प्रचार भेलालाई संबोधन गर्दै सुर्खेत निर्वाचन क्षेत्र २ को (क) का उम्मेरदवार समेत रहेका प्रदेश इन्चार्ज कँडेलले यस्तो बताए ।
गठबन्धनका उमेरदवारहरूले बल र पैसाको आधारमा चुनाव जित्ने दाउ हेरेको टिप्पणी गर्दै उहाँले एमालेको बलियो संगठनको अगाडि अन्यको प्रभाव नहुने ठोकुवा गरे । एमालेको नेतृत्वमा मात्रै समृद्ध नेपाल निर्माण संभव रहेको बताउँदै उहाँले मतदाताले एमाले पार्टी सम्झेर मतदान गर्ने वातावण तयार गर्न कार्यकर्तालाई निर्देशन दिए ।
सामाजिक बनाट र चरित्रको प्रभाव मतदाता मात्रै नभएर पछिल्लो समय नेता र कार्यकर्तामा पनि पर्ने उल्लेख गरेका नेता कँडेलले पछिल्लो समय पत्रकारितामा पनि साधन र स्रोतका आधारमा तत्थ्य बंग्याउने क्रम बढेको बताए ।
‘हाम्रो पत्रकारिता जति व्यवसायीक हुनुपर्ने थियो त्यो हुन सकेन’ उनले थपे, ‘कर्णालीको पछौटेपन, यहाँको सामाजिक अवस्थामा जुन ढंगले कलम चल्नु पर्ने थियो त्यो हुन सकेन ।’
कर्णाली र कर्णालीमा घटेका हरेक घटना र पत्रकार बिच निकै ठूलो दूरी रहेको उल्लेख गर्नु भएका नेता कँडेलले संगठन भित्रको निषेधात्मक अवस्थामा पार्टी र संगठन जुन रुपले अघि बढ्नु पर्ने थियो त्यसरी बढ्न सकेन ।
नेपालको राजनीतिक व्यवस्था दलीय भएपनि सामाजिक, आर्थिक अवस्था र चेतनाका कारण निर्वाचनको परिणाम उम्मेदवार केन्द्रीत भएर आउने गरेकै कारण समस्या भएको बताउनु भएका नेता कँडेलले संगठनात्मक संरचना, पार्टीले लिएका मुद्धाका आधारमा निर्वाचन जित्ने अवस्था आञ्जेलसम्म मतादताले एमालेको महत्व थाहा नपाउने प्रतिक्रिया दिनुभयो ।
एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख सूर्यमणि गौतमले एमालेको नेतृत्वमा महत्वपूर्ण काम भएको भन्दै तीनलाई जनतासामू लिन पत्रकारहरूलाई आग्रह गरे ।
कार्यक्रममा केन्दिय अनुशासन आयोगका अध्यक्ष नवराज महतारा, प्रेस चौतारी नेपालका सचिव एवं कर्णाली प्रदेश ईन्चार्ज विष्णु शर्मा, प्रेस चौतारी कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी लगायतले प्रेस चौतारीमा आवद्ध पत्रकारहरूले एमाले नेतृत्वको सरकारले गरेका नागरिकमा आशा जगाउने कामलाई बाहिर ल्याउन जोड दिए ।