सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचनमा सबै दलका उम्मेरदवारलाई एकै मञ्चबाट चुनावको प्रचार गर्न प्रस्ताव गरेका छन् ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता सम्बन्धि मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो प्रस्ताव गरेका हुन् ।
चुनाव प्रचारमा दलहरुले फरक–फरक कार्यक्रमको आयोजना गर्दा जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रशासनलाई समस्या हुने, मतदातालाई पनि उम्मेरदवारका ऐजेण्डा एकै मञ्चबाट सुनेर मत दिन सजिलो हुने अवस्थाका लागि जिल्लाका सबै पार्टीका उम्मेरदवार एक ठाउँमा बसेर आप्mना प्रतिवद्धता सार्वजनिक गर्न प्रस्ताव गरेका हुन् ।
‘सबै उम्मेरदवारले एकै मञ्चबाट आप्mना प्रतिवद्धता सार्वजनिक गर्ने अवस्था सृजना गरेर हुम्लाबाट नयाँ खालको शन्देश दिउ’ कांग्रेसकोतर्फबाट प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेरदवार समेत रहेका मुख्यमन्त्री शाहीले भने, ‘निर्वाचनमा सँधै विवाद मात्रै हुन्छ भन्ने त्रासबाट मुक्त गर्नका लागि पनि म जिल्लाका सबै उम्मेरदवारलाई एकै कार्यक्रममा सहभागि भएर आप्mना एजेण्ड राख्न अनुरोध गर्छु ।’
निर्वाचनको सुरक्षाका लागि प्रदेश सरकार कुनैपनि सहयोग गर्न तत्पर रहेको उल्लेख गरेका मुख्यमन्त्री शाहीले निर्वाचनमा कसैलेपनि व्यक्तिगत आक्षप नगाउन आग्रह गरे । ‘म अरुभन्दा यो कारणले योग्य छु भनेर मतदातासँग भन्दा भैहाल्छ । आफू पदमा हुँदा गरेका कामलाई सबै नागरिकले नियाली रहेका हुन्छन् । त्यसैले उम्मेरदवारलाई व्यक्तिगत रुपमा गालीगलौज गर्नु भन्दा आप्mना प्रतिवद्धता प्रस्तुत गरेर राजनीतिक संस्कार देखदाउने गर्नुपर्छ’, उनले थपे । नेपाली कांग्रेका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री शाहीले आप्mनो पार्टीको बैठकमा विपक्षी दलका कुनैपनि उम्मेरदारलाई व्यक्तिगत गाली नगर्न निर्देशन दिएको बताए ।
कार्यक्रमम प्रमुख जिल्ला अधिकारी सिता परियारले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दल, सञ्चार जगत, सुरक्षा निकायले निर्वाचन आचारसंहिताको पालना गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला निर्वाचाान अधिकृत श्याम रानाले निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४मा उल्लेख भएका आचारसंहिताका बारेमा जानकारी गराए ।
मुख्य निर्वाचित अधिकृत तथा आचारसंहिता संयोजक दिलप्रसाद सापकोटाले सबैको सहयोग भए निर्वाचन मर्यादित र निष्पक्षा रुपमा सम्पन्न गर्न सकिने उल्लेख गर्नु भएको छ । कार्यक्रममा नेकपा ९एमाले०का जिल्ला अध्यक्ष कलबहादुर हमाल, नेपाली कांग्रेसका उपसभापति वसन्त रोकाया, जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा ९सञ्जय०, सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, विभिन्न दलबाट प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेरदवार, राजनीतिक दलका प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।