सिमकोट । सत्ता गठबन्धनबाट टिक नपाएपछि हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क) मा बागी उम्मेरदारी दिएका मंगलबहादुर शाहीले नेपाली कांग्रेस भित्रको आन्तरिक गुटकै कारण आफू टिकटबाट बञ्चित भएको खुलासा गरेका छन् ।
रेडियो श्रीनगरसँग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता समेत रहेको उम्मेरदवार शाहीले प्रदेशका दुई टिकट नेपाली कांग्रेसले पाउने र प्रतिनिधिसभामा माओवादी केन्द्रलाई दिने सहमती भएको बेला कुन कारणले टिकट आएन भन्ने थाहा नभएको उल्लेख गर्दै शाहीले बाध्य भएर स्वतन्त्र उम्मेरदार बनेको दावी गर्नुभयो ।
जीवनको ५८ वर्ष कांग्रेसको राजनीति गरेकै कारण आप्mनो चुल्होमा आगो बल्न समस्या भएको बताएका शाहीले केन्द्रीय गठबन्धनको भावना अनुरुप सबै तयारी भएपनि बीचमा षडयन्त्र भएको खुलासा गरे ।
‘नेपाली कांग्रेसले एमाले–माओवादीको वाम गठबन्धनसँग लड्नु पर्दा २०७४ सालमा स्थानीय तह र प्रतिनिधिसभामा उम्मेरदवार बनाउने तर अहिले जित निश्चित भएको टिकट नदिने षडयन्त्र भयो’ शाहीले भने ‘पार्टी भित्रको गुटगत पिंडाका कारण मेरो स्वतन्त्र उम्मेरदारी दर्ता भएको हो ।’
गठबन्धनबाट टिकटमा पेलिएपछि मैले उम्मेरदारी दर्ता गराएको १८ घण्टामै ४१ वर्ष कांग्रेसमा लागेको व्यक्तिलाई जिल्ला कार्यसमितिको उपसभापतिले मलाई साधारण सदस्यमा समेत हटाएका कारण मैले अब कुनैपनि हालतमा आफू जनअदालतमा उभिन तयार भएको शाहीले भने ।
मलाई पार्टी भित्रको गुटको व्यथाले पेलेको हो । बाहिर नदेखिने तर भित्र अतिनैं पिडा दिने प्रवृतीले काम गरेको छ । जहिलेपनि फरक पार्टी भित्रकासँग कुनै विभेद नराखेकै कारण यस पटक टिकटबाट पेलिएको उनले बताए ।
‘म जस्तो जीवनको ठूलो समय पार्टीमा लाग्ने व्यक्तिलाई उम्मेरदारी दर्ता गरेको १८ घण्टामा पार्टीबाट भएको कारबाहीले मलाई थप जिम्मेवारी दिएको आभास मलाई भएको छ’ उनले थपे ‘मलाई जित्ने आधार भनेको जिल्लावासीको दैनिक व्यवहारसँग जोडिएको भएकाले सबै भन्दा ठूलो आधार हो । मेरो प्रतिष्पर्धामा आउने सबै भाइहरु जुनियर हुन । उहाँहरुको जीवनमा राजनीतिक सहयोग गर्छु त्यसैले पनि अहिले मलाई सहयोग गर्नुहुन्छ भन्ने लागेको छ ।’
भेट सबैसँग भयो संझौता कसैसँग भएको छैन्
उम्मेरदवार दिंदा आफूलाई नेकपा (एमाले) सँग संझौता नभएको स्वतन्त्र उम्मेरदार शाही प्रष्ट पारे । बाहिर मंगल शाहीले एमालेसँग मिलेर स्वतन्त्र उम्मेरदवार दर्ता गारएको हो भन्ने ठूलो हल्ला गठबन्धनले चलाएको छ । त्यो सत्य होइन् उनले थपे ‘मैले आफैले उम्मेरदारी दिएको हुँ । मेरो संलग्नता कसैसँग संझौता गरेको छैन् । स्वतन्त्र उम्मेरदारी दर्ता भएपछि मैले सबै नेता र उम्मेरदारसँग भेट गरेको छु तर संझौता कसैसँग भएको छैन् ।’
‘जहिलेपनि चुनाव लड्दा खेरी गठबन्धनको टिकटमा पावर हुन्छ । एक्लै लड्दा स्वतन्त्रको पावर खासै छैन् । अहिले मलाई माथिल्लो भेगमा लड्दा खेरी समर्थन त पाउँछु तर संघमा लड्दा ठूलो धनराशी खर्च हुने भएका कारण मैले आधा जिल्लामा मात्रै लडेको हुँ’ शाहीले थपे ।