डोल्पा । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन जति नजिकिदैं छ त्यति नैं नेकपा (एमाले) प्रवेश गर्नेको लहर बढ्दै गएको छ ।
जिल्लाका एमाले उम्मेरदवारलाई बीजयी बनाउन हिमाली जिला डोल्पाका ठूलो संख्यामा नेपाली कांग्रेस र एकिकृत समाजवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
एमालेको नीति र नेतृत्वलाई आत्मसाथ गर्दै उहाँहरु चुनाव प्रचार अभियानको टोली समक्ष एमाले प्रवेश गरेको नेकपा (एमाले) डोल्पाका अध्यक्ष तथा प्रदेश सभा (क)का एमाले उम्मेरदवार सेरबहादुर बुढाले जानकारी दिए ।
‘हाम्रो (एमाले) को प्रचार प्रसार टोली ठुलीभेरी नगरपालिका–२ लोचा पुगेको अवस्थामा विभिन्न राजनीतिक दलमा रहेका ३५ जना स्थानीय नेता कार्यकर्ता हाम्रो पार्टी एमाले प्रवेश गरेका हुन् ’, बुढाले थपे, ‘हिजो (सुक्रबार) चुनावी प्रचारका क्रममा एमाले प्रचार टोली लोचा पुगेको हो । प्रचार टोलीसँग एकिकृत समाजवादी र नेपाली कांग्रेसको ठूलो टोलीले पार्टी प्रवेश गरेको हो ।’
लोचा पुगेका एमाले डोल्पाका अध्यक्ष एवम् कर्णाली प्रदेशसभा सदस्य निर्वाचन (क) का उम्मेरदवार बुढा, कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको उपस्थितिमा ३५ जना स्थानीयहरुले एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेमा एकिकृत समाजवादीका पूर्व जिला समन्वय समिति सदस्य देवीलक्ष्मी रोकाय, गएको स्थानीय निर्वाचनमा नगर उपप्रमुख उम्मेद्वार मेनुका भण्डारी, युवासंघ वरिष्ठ सदस्य दिनेश रोकाय, वडा कमिटी अध्यक्ष सुरेश रोकाय, वडा कमिटी सदस्यहरु हिक्कमत विक, छिरिङ् विक, तिर्खे विक, पूर्णबहादुर रोकाय, लालमया मिजार लगायत, नेपाली काँग्रेस परित्याग गरी एमाले प्रवेश गर्ने अर्जुन भण्डारी र रणबीर भण्डारी समेत गरी ३५ जना रहेको नेकपा एमाले प्रचार कमिटी डोल्पाले जानकारी दिएको छ ।
एकिकृत समाजवादी र नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्ने सबैलाई नेकपा (एमाले) डोल्पाका अध्यक्ष शेरबहादुर बुढा र कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले खादा अबिर लगाई पार्टीमा स्वागत गरेको जनाइएको छ ।
अहिलेसम्म प्रचार अभियान गाउँमा पुग्ने बित्तिकै पार्टी प्रवेश गर्नेको संख्यामा उल्लेख्यवृद्धी भएपछि एमाले डोल्पाको प्रचार टोली निकै उत्साहित भएको छ ।