सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाउँका सौचलायको अवस्था सुधारका लागि कर्णाली प्रदेश सरकारले सहयोग गर्ने आश्वाशन दिएका छन् ।
लोकतान्त्रीक वाम गठबन्धन (सत्तागठबन्धन)का तर्फबाट जिल्लाको अदानचुलीमा आयोजित चुनावी सभालाई संवोधन गर्दै मुख्यमन्त्री शाहीले गाउँका सौचालयको अवस्था निकै जिर्ण भएकाले त्यसको अवस्था सुधारका लागि कर्णाली प्रदेश सरकारले विषेश कार्यक्रम ल्याएर सहयोग गर्न तयार भएको आश्वाशन मतदातालाई दिएका हन् ।
प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट हेलिकोप्टर चार्टर गरेर प्रदेश निर्वाचन क्षेत्र १ मा आयोजित चुनावीसभालाई संवोधन गर्न अदानचुलीको श्रीनगर पुगेका मुख्यमन्त्री शाहीले हुम्लाका गाउँमा भएका सौचालयको अवस्था राम्रो नभएको उल्लेख गर्दै सबै सौचालयलाई व्यवस्थित गर्न प्रदेश सरकारले अनुदान दिने बताए ।
‘२० वर्षअघि जिल्ला विकास समितिको सभापति हुँदा मैले शुरु गरेको चर्पि निर्माणको अभियान अँझै सकिएको छैन्’ मुख्यमन्त्री शाहीले भने, ‘गाउलाई खुला दिसामुक्त क्षेत्र अभियान सञ्चालन गर्दा निर्माण भएका सौचालयको अवस्था जिल्लाका अधिकांश गाउँमा निकै जिर्ण भएको मैले देखेको छु । यी (सौचालय)लाई पुर्ननिर्माण गर्न जस्ता र अन्य निर्माण सामाग्रीका लागि प्रदेश सरकारकातर्फबाट विषेश कार्यक्रम ल्याएर सहयोग गर्छौ ।’
गठबन्धनकातर्फबाट हुम्ला जिल्लाको प्रदेश निर्वाचन क्षेत्र २ का उम्मेरदार समेत रहेका मुख्यमन्त्री शाहीले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका शिर्ष नेताहरुले एक वर्षको आप्mनो कार्यकाल सफल रहेको निष्कर्ष सहित आगामी पाँच वर्षका लागि मुख्यमन्त्री कै जिम्मेवारीमा रहने भनेपछि आफू पुनः प्रदेश सभाको उम्मेरदवार बनेको दावी गरेका शाहीले निर्वाचन पछि बन्ने आफू नेतृत्वको प्रदेश सरकारले हुम्लाको विकास निर्माणमा शुरु गरेका अधुरा कामलाई पूर्णता दिने जिकिर गरे ।
![](https://staging.nepalbot.com//uploads/editor/2022-11-14/074615249FB_IMG_1668348844904.jpg)
कार्यक्रमलाई संवोधन गर्दै गठबन्धनका प्रतिनिधिसभा उम्मेरदवार छिरिङडम्डोल लामा (कार्चेन) ले आफू निर्वाचन जितेर गए संघको मन्त्री बन्ने पक्का भएको दावी गरे । सत्ता गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई मन्त्री बनाउने पक्का भएको कुरालाई उल्लेख गर्दै नेता कार्चेनले जिल्लामा गठबन्धन र नेकपा (एमाले) बीच ठूलो मतअन्तर भएकाले आप्mनो जित सुनिश्चित भएको दावी गरे ।
आमसभामा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारी (प्रतिरोध), नेपाली कांग्रेसका जिल्ला सभापति तथा अदानचुली गाउँपालिकाका अध्यक्ष माहेनविक्रम सिंह, माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सहसचिव तथा ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले संवोधन गरेका थिए ।
![](https://staging.nepalbot.com//uploads/editor/2022-11-14/074648814FB_IMG_1668348850849.jpg)