सिमकोट । नेकपा (एमाले) जिल्ला कमिटि हुम्लाको पार्टी कार्यालयको सिलान्यास भएको छ ।
मनमोहन स्मृति प्रतिष्ठानको नाममा एमाले हुम्लाको कार्यालय भवन सिलन्यास गरिएको जिल्ला कमिटि सचिव तिर्थराज बोहराले जानकारी दिए।
पार्टी कार्यालय निर्माणकालागि मदन भण्डारी फाउण्डेसन र मनमोहन स्मृती प्रतिष्ठानका नाममा धेरै वर्ष अघि कार्यालय निर्माणको कुरा शुरु भएपनि दोस्रो पटक एमाले हुम्लाले पार्टी कार्यालयको नाममा भवन निर्माणको सिलान्यास गरेको हो ।
शुक्रबार पार्टी जिल्ला कमिटि हुम्लाका उपाध्यक्ष डबल रावतले मनमोहन स्मृति प्रतिष्ठानका नाममा निर्माण हुने भवनको सिलान्यस गरेपछि नेकपा (एमाले) हुम्लाले पार्टी कार्यालयको भवन दोस्रो पटक सिलान्यस गरेको हो ।
सचिव बोहराका अनुसार नेकपा .एमाले) पार्टीका पुर्व अध्यक्ष तथा नेपाली कम्युनिस्टका पहिलो प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा रहेको स्मृति भवनलाई पार्टि कार्यालयका रुपमा प्रयोग गरिने गरी निर्माण अघि बढाइएको हो ।
तीनकोठे भवनको सिलन्यास गर्दै जिल्ला कमिटिका उपाध्यक्ष रावतले यस भन्दा पहिला भाडाका रुपमा पार्टि कार्यालय रहँदै आएको भए पनि अवदेखि आफ्नै भवनमा सम्पुर्ण कार्यहरु सन्चालन गर्ने बताएका छन् ।
सिलान्यास कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा (एमाले) हुम्लाले जनाएबो छ ।
जिल्लाका पार्टीहरु मध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले विभिन्न नाममा पार्टी कार्यालयका भवन निर्माण गरेको भएपनि एमाले भाडामा पार्टी कार्यालयय सञ्चालन गर्दै आएको छ ।
स्रोतका अनुसार यसअघि पनि कार्यालय भवन निर्माण गर्ने भन्दै एमाले हुम्लाले सिलान्यास गरेको थियो ।