अदानचुली (हुम्ला) । प्रदेश राजधानी सुर्खेतबाट गाउँपालिका सञ्चालन भएको बिरोधमा पालिका उपाध्यक्षको नेतृत्वका जनप्रतिनिधिले लगाइएको ताला खोल्न माग गर्दै प्रतिपक्ष नेकपा (एमाले) अदानचुली गाउँपालिकाले गाउँपालिका घेराउ गरेको छ ।
पालिकाका अध्यक्ष र विवादका कारण पालिकाका विकास निर्माण देखि अन्य सेवासुविधाबाट नागरिक बञ्चित हुनु परेको भन्दै एमालेले ¥यालीसहित गाउँपालिकाको कार्यालय घेराउ गरेको हो । नेकपा (एमाले) प्रदेश कमिटी सदस्य धन्जे परियार (संकलन)को नेतृत्वमा नाराजुलुससहित गएको एमाले टोलीले जनप्रतिनिधिका व्यक्तिगत इगोको बन्धक गाउँपालकालाई बनाउन नहुने माग गरेका छन् ।
मंसिर ४ गतेसम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि पहिलो पटक कार्यकारी अधिकृत र लेखापाल सहित पालिका पुगेको अध्यक्ष मोहन विक्रम सिंहसँगको विवाद नमिलेपनि प्रशासकीय भवनमा उपाध्यक्षसहित माअोवदी केन्द्रबाट निर्वाचित वपडा अध्यक्षले ताला लकाएपछि एमालेले यस्तो माग गरेको एमाले अदानचुली गाउँपालिका कमिटीका सचिव धर्मराज सञ्ज्यालले जानकारी दिए । उनले भने, ‘जनताका काम गर्नुपर्नेमा जनप्रतिनिधि आप्mना स्वार्थका कारण गाउँपालिकालाई बन्धक बनाउने निर्णयको एमालेले औपचारिक बैठक बसेर पटक–पटक सचेत गराउँदापनि पालिकाका काममा सुधार आउनुको साँटो उल्टै पालिकामा ताला लागेपछि बाध्य भएर नारा जुलुस सहित पालिका कार्यालय घेर्नु परेको हो ।’
गाउँपालिकालाई बन्धक बनाउन पाइदैन्, दलिय गठबन्धनका नाममा सयन्त्रका नाममा कर्मचारीको भागबण्डा गर्ने, सुर्खेतबाट पालिका सञ्चालन गर्ने काम तत्काल बन्द गर्न एमाले अदानुचलीले आग्रह गरेको छ ।
पाँच दिनपछि अध्यक्ष उपाध्यक्ष एकै बैठकमा
गाउँपालिका पुगेको पाँच दिनपछि अध्यक्ष मोहन विक्रम सिंह र उपाध्यक्ष कर्ण रोकाया (सुधार) एक बैठकमा बसेका छन् ।
लामो समयको विवाद पछि वडा अध्यक्ष सहित अध्यक्ष र उपाध्यक्षलाई सँगै बसेर छलफल भैरहेको सत्ता गठबन्धन दलको सयन्त्रका सदस्य समेत रहेका एम नेताले नेपालवोटलाई जानकारी दिए । एकमालेको जुलुस पालिका आउने बित्तिकै सम्यन्त्रको आयोजनामा पालिका अध्यक्ष सिंह, उपाध्यक्ष रोकाया र सबै वडाका अध्यक्षहरुको संयुक्त बैठक पालिका अध्यक्षको कार्यकक्षमा बसेको हो’ ति सदस्यले भने, ‘अहिलेसम्मको विवादलाई साम्य पार्नका लागि हरदम प्रयास भैरहेको छ हेरौ वेलुका सम्म कुनै निचोड आउँछ की !’
माओवादी केन्द्र र नेपाली कांग्रेसको कार्यदलको बैठक पालिका अध्यक्षको कार्यकक्षमा बसिरहेको छ । विवादित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसहितको बैठक बसिरहेको छ । बिहान ११ बजे बैठक बस्ने भनिएपनि दुवै पक्षले आप्mनो मागबाट टसको मस नभएपछि बस्न नसेको बैठक एमालेले नाराबाजी गरेर पालिका घेराउ गरेपछि कार्यदलको बैठक बसिरहेको छ ।