दिपक बुढा
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले आफू निर्वाचित भएको आठ महिनामा सन्तोषजनक रुढमा अघि बढिरहेको दावी गरेका छन् । ।
चंखेली गाउँपालिकाबाट काठमाडौंमा अध्ययन र अन्य कामका शिलसिलामा वसोवास गरेका नागरिकसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहीले छोटो समयमा आफूहरुले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सूचना प्रविधिका क्षेत्रमा सन्तोषजनक रुपमा काम अघि बढाइरहेको बताए छन् । चंखेलीबाट काठमाडौंमा रहेका विद्याथीहरुसँग कुराकानी गर्दै अध्यक्ष शाहीले निर्वाचनताका आफूले मतदातासामु गरेका प्रतिवद्धताको कार्यान्पयनमा लागि परेको बताएका छन् ।
काठमाडौंको सुनधारास्थित घुइचो क्याफेमा आयोजितक कार्यक्रममा शाहीले भने ‘हामीले जनताका सुझाव सल्लाहलाई दृष्टिगत गरेका छौं । हाम्रो कार्यकालमा जनताका समस्यालाई जतिसक्यो धेरै समाधान गर्ने प्रयास गर्नेछौं । जनताको सेवाको लागि जतिबेला पनि तत्पर छौं। हामीले नौ महिनामा धेरै काम गरेका छौं । भौगोलिक अवस्था र विकटताको कारणले केही काम चाहेर पनि गर्न सकेका छैनौं।’ अध्यक्ष शाहीका अनुसार हालसम्मको लागि गापाको प्रशासकीय भवन नबनेका कारण काम गर्न असहज भएको छ ।
त्यस्तै कार्याक्रममा गापा उपाध्यक्ष प्रेमकला शाहीले आफ्नो पहिलो कार्यकाल भएकाले धेरै चुनौती रहेको बताएकी छन् । उपाध्यक्ष शाहीले अनेकन चुनौतीको सामाना गर्दै जनताको समस्याप्रती आफू पुर्ण बफादार रहने बताईन् ।
कार्याक्रममा राजधानीमा बस्दै आएका विद्यार्थी तथा हुम्लीबासीले शिक्षकको लापरबाहीका कारण त्यहाँका विद्यार्थीको भविष्यमाथि ठूलो असर परेकोमा चिन्ता व्यक्त गरेका छन्। गापा अध्यक्ष र उपाध्यक्षलाई हुम्लाको स्वास्थ्य, शिक्षा, रोजगार र विकास समृद्धिका निम्ति विद्यार्थी तथा अन्य व्यक्तिहरुले सुझाव दिएका छन् । जो सुझाव कार्यान्वयन गरिने गापा अध्यक्ष र उपाध्यक्षले विश्वास दिलाएका छन् ।
गाउँपालिका र वडा नम्बर ४ को विकासको लागि राम्रो काममा सहयोग र नराम्रो काममा खबरदारी गर्न युवाहरुको अत्ति आवश्यक रहेको चंखेली गापा वडा नम्बर ४ का वडा अध्यक्ष पदम बहादुर शाहीले बताएका छन् ।
प्रकाश जैशीले हुम्लामा शिक्षा स्तर घट्नुमा जिम्मेवार पक्षको हात रहेको बताए। उनले गापा अध्यक्ष र उपाध्यक्षलाई चंखेली गापालाई कहिले साक्षर गापा घोषणा गर्ने ? भनेर प्रश्नसमेत गरेका थिए।