चैत १३, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले बिबेकशिल शाझा पाटीकी नेतृ रञ्जु दर्शनाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छन् ।
विकेकशील नेपाली दलले हालै मात्र मेलम्ची खानेपानी आयोजनामा अनियमिता भएको भन्दै अख्तियारमा उजुरी दिएको थियो । त्यसक्रममा रञ्जुले मेलम्चीमा के भइरहेको छ, मन्त्रीले जानकारी दिनुपर्ने बताएकी थिइन् ।
तर, मन्त्री मगरले रञ्जुमाथि आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छन् । मंगलबार मन्त्री मगरद्वारा जारी दुई पृष्ठ लामो विज्ञप्तिमा भनिएको छ, मेलम्ची आयोजनामा अनियमिता भएको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु । यदि अनियमिता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’
बहालवाला मन्त्रीले एक सामान्य राजनीतिक कार्यकर्ताको नामै किटेर धम्कीपूर्ण विज्ञप्ति जारी गरेकी छिन् । जसमा मन्त्री मगरले आफ्नो पृष्ठभूमि र संघर्षको इतिहासको समेत हेक्का राख्न रञ्जुलाई चेतावनी दिएकी छिन् ।आफ्नो स्वार्थपूर्तिका लागि अरुको चरित्र हत्या गर्ने अधिकार रञ्जुलाई नभएको भन्दै मन्त्री वीनाले भनेकी छन्, ‘यो चरित्र हत्या मेरा विरुद्ध मात्र नभएर निष्ठा र समर्पणको राजनीति गर्नेहरु माथिको आक्रमण हो ।’
आफु कठोर संघर्षबाट यस स्थानमा आएको भन्दै उनले आफ्नो निष्ठा माथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहास पनि हेक्का राख्न सचेत गराएकी छन् । रञ्जु दर्शनातर्फ इंगीत गर्दै मन्त्रीले भनेकी छन्, म न कुनै राजनीतिक तिकडमका आधारमा यहाँसम्म आएको हुँ, न कुनै सस्तो लोकप्रियताको बलमा ।’मन्त्री मगरले अहिले आएर आफूमात्रै नभएर आफ्नो परिवारमाथिसमेत आक्रमणको प्रयास भइरहेको बताईन् ।
उनले विज्ञप्तिमा भनेकी छिन्,’मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवार माथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ ।’