सिमकोट । छेपारे चरित्रका कारण सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र विलयको बाटोमा लागेको नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य गोविन्दबहादुर शाहीले जानकारी दिए ।
नेकपा एमालेले सिमकोट गाउँपालिकाले सिमकोटका आयोजना गरेको अभिमूखिकरण कार्यक्रममा बोल्दै शाहीले नेपालको विद्यमान राजनीतिक अस्थिरताका कारण तत्काल सरकारको नेतृत्व गरेको भएपनि त्यसको अन्त्य राजनीतिक विलय नैं भएको प्रतिक्रिया दिए ।
’पार्टीका पुराना सदस्यलाई थप प्रोत्साहन दिने र नयाँलाई स्वागत तथा सदस्यता कार्ड वितरण गर्ने एमालेको यो अभियानको मुख्य उदेश्य रहेको बताएका शाहीले एमालेले तत्काल २० वटा अठोट गरेको जानकारी दिए । एमालेले जनतालाई भलाई हुने मात्रै काम गर्दै आएको छ,‘ उनले भने, ‘एमालेले सामाजिक सुरक्षा भत्ताको कार्यक्रम, नेपालमा एमाले बाहेक अन्यले राम्रो नीति ल्याउन नसकेको, गरिव तथा निमुखा जनताहरुको न्यायको निम्ति पहल कदमी गर्दै आएको जनताको बहुदलिय जनबादको पार्टी एमाले मात्रै हो ।’
अभियानले जिल्लाका सम्पुर्ण जनताको समस्यालाई उजागर गर्ने र पार्टीका जनवर्गीय संगठनको अवस्था के छ रु त्यसको जानकारी लिनकै लागि पनि सो अभियान सन्चालन हुने भएको छ । गाउँकमिटि हुम्लाले मिसन ९ग्रासरुट० पार्टी सुदृढिकरण तथा विस्तार अभियान कार्यक्रमलाई सफलता गर्ने उदेश्यका साथ आजबाट नेता तथा कार्यकर्ताहरु जुटि सकेको गाउँकमिटि सचिव तिर्थराज भण्डारीले बताए ।
कार्यक्रममा बोल्दै अभियानका केन्द्रीय प्रतिनिधि समेत रहेका एमाले केन्द्रीय पर्यटन विभागका सदस्य लंकबहादुर शाहीले आफुहरुलाई दुई महिने अभियानमा खटाएको जानकार गराए । उनले एमालेको पार्टी स्थापना गरेको ७३ वर्ष पार गरेको र धेरै समय एमालेले प्रतिपक्षी दलको भुमिका खेल्दै आएको जानकारी दिए ।
जनताले सेवा पाउने खालका कार्यक्रम ल्याउदै गर्दा पनि विदेशी शक्तिको पावर लगाएर एमालेलाई नि। वर्तमान सरकारले पेल्ने काम गरेपछि यस अघि एमाले सरकारबाट बाहिरिनु परेको स्मरण गरे । कार्यक्रममा गाउकमिटि र वडाकमिट कार्य विभाजन, सिमकोट गाउकमिटिको रिक्त रहेको उपाध्यक्ष पद मनोनित र सिमकोट गाउँकमिटका अध्यक्ष चिन रावतको नेतृत्वमा १३ सदस्यीय पालिका सभादल गठन गरेको सचिव भण्डारीले बताए ।